After SEE Portal

असिनाले प्वाल पार्ने विद्यालयको युपिभिसी छानो

Bridge Course

बागलुङमा नवनिर्मत विद्यालयको छानो असिनाले प्वाल पारिदिएको छ । दुई वर्ष अगाडि मात्र निर्माण गरिएको बागलुङ नगरपालिका–७ स्थित गौरीशङ्कर प्राथमिक विद्यालयको छानो शनिबार र आइतबार परेको असिनाले प्वाल परेर क्षति पुर्याएको हो ।

दुई दिन परेको असिनाले ट्रसको भवनको छानो छिया छिया बनाएको पालिकाका सूचना अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । ४५ –५० जना विद्यार्थी अध्ययनरतर विद्यालयको छानो पुरै च्यातिएपछि पानी परेको समयमा भने पठनपाठन प्रभावित हुने उनले जानकारी दिए ।

छानोमा प्वाल परेपछि पानी पसेर विद्यालयको कागजपत्र र विद्युतीय सामग्रीमा क्षति पुगेको विद्यालयले जानकारी दियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरिएको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठपाठनमा समस्या भएको छ । असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत प्रश्न खडा भएको छ ।

विसं २०७६ मा भूकम्प पुनःनिर्माण प्राधिकरण बागलुङ शाखाले रु २४ लाखको लागतमा उक्त भवन निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए । “ग्यारेन्टी छ भन्ने सुनेको थिए, त्यस नम्बरमा फोन गर्दा लाग्दैन, लुम्बिनी इञ्जिनियरिङबाट सामान खरिद गरिएको थियो”, उनले भने, “दुई कोठामा क्षति पुर्याउँदा अहिले पठनपाठनमा समस्या भएको छ ।” असिनाले प्वाल पार्ने छानाको गुणस्तर राम्रो नभएको विद्यालयले जनाएको छ । यस विषयमा छाना सप्लायर्सलाई निरन्तर सम्पर्क गर्न खोजिए पनि सम्भव नभएको बताइएको छ ।

A Levels MA