A Levels MA

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति

गोकर्णेश्वर नगरपालिकाले १६ वटा सामुदायिक विद्यालयको स्तरोन्नति गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयको आवश्यकता अनुसार स्तारेन्नति गरिएको हो ।

वडा नं १ को बाटुलेचौरस्स्थित रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसेले स्तरीय पठनपाठनको वातावरण बनाउने नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको बताए ।

कक्षा १ देखि ८ सम्म स्थानीय विषय समेटिएको पुस्तक लागू गरिएकामा यसकोे प्रभाव राम्रो देखिएको नगर शिक्षा शाखाले जानकारी दियो । वडा नं १ का अध्यक्ष राम मानन्धरले विद्यालय एवं सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल भइरहेको बताए । त्यस अवसरमा विद्यालयमा दिवा खाजा सञ्चालन एवं शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षयकोषमा रकम जम्मा गर्ने दाता र विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

योग शिक्षाको विस्तारमा योगदान गरेवापत अच्युत अर्याल, बुद्ध संस्कृति र परम्पराको विकासमा योगदान गरेवापत शङ्करमान तामाङ र सामाज सेवामा योगदान गरेवापत श्रीप्रसाद अर्याल, सविता चालिसे, रामचन्द्र खड्का, केशवप्रसाद खनाल, अष्टमान श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, नरेश मानन्धर, जगदीश पोखरेल, दिनेश बस्नेत र लक्ष्मी चालिसे सम्मानित हुनुभएको छ । त्यस अवसरमा नगरप्रमुख चालिसेले मठमन्दिर, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको बताए ।

Thuprai - Books and E-books