CMAT

उपत्यकाका विद्यालय आजदेखि खुले

Bachelors Portal

कोरोना महामारीका कारण घरैमा बसेर वैकल्पिक कक्षा लिँदै आएका उपत्यकाका बालबालिका आजदेखि भौतिक उपस्थितिमा पढ्न थालेका छन् ।

सरकारले विद्यालय पुन सञ्चालन कार्यढाँचा जारी गर्दै विद्यालय सञ्चालन गर्ने बाटो खोलेपछि अन्य क्षेत्रका विद्यालय गत पुसबाटै सञ्चालनमा आएको भए पनि उपत्यकाका विद्यालय भने आजदेखि मात्र सञ्चालनमा आएका हुन् ।

काठमाडौं महानगरपालिका लगायत अन्य स्थानीय तहले माघ १ बाट विद्यालय खोल्ने अनुमति दिएसँगै अधिकांश विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् ।

विद्यालयमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाइएको छ । कोरोनाबाट सुरक्षित राख्नका लागि मास्क, हात धुने साबुन र नर्स भएका विद्यालयमा विद्यार्थीको स्वाथ्य परीक्षण र अन्य विद्यालयले पनि विद्यार्थीको तापक्रम जाच्ने व्यवस्था गरेको विद्यालयले जानकारी दियो ।

करिब १० महिनासम्म घर, अनलाईन तथा घरायसी झेमेलामा अलमल्लिएका आफ्ना छोराछोरी विद्यालय पठाउन पाउँदा एकातिर अभिभावक हर्सित छन् भने अर्कोतर्फ भौतिकदुरी कायम गर्न नसकेर संक्रमण फैलिने हो कि भन्ने आशंकामा रहेको देखिन्छ । तर विद्यालयले आलोपालो प्रणालीबाट विद्यालय सञ्चालन गरेको हुँदा आफूहरुले सजिलै छोराछोरीलाई विद्यालय पठाएको अभिभावकले बताए ।

विद्यालयले औपचारिक कार्यक्रम सञ्चालन गर्न थाले

यसैविच भक्तपुरको तारा माविमा ४१ वर्षे शैक्षिक सेवामा समर्पित विद्यालयका संस्थापक शिक्षक एवम् प्रधानाध्यापक पुष्पलाल सुजखूको सम्मान, विदाई गरेको छ । विद्यालयले औपचारिक कार्यक्रमका विच विद्यालयले निवर्तमान प्रधानाध्यापकलाई विदाई र नयाँ प्रधानाध्यापकलाई स्वागत गरेको छ ।

कार्यक्रमको प्रमुख आतिथ्यका रुपमा रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अवकास पश्चात पनि थप जिम्मेवारीबोध हुनुपर्ने तथा नयाँ पुस्ताको आफ्ना अनुभव सँगालेर पुस्तक प्रकाशन गरी पठनीय सामग्री तयार गर्दा नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत बन्ने धारणा व्यक्त गरे ।

शिक्षित समाजले समुदायको विकास र रुपमान्तरणको लागि सहयोग पु¥याउने जिकिर गर्दै उनले राजनीतिक कार्यकर्ता राम्रो भए देश राम्रो हुने र गलत मानसिकताले राजनीती गरे देश पछाडि पर्ने हुँदा नयाँ पुस्ताका विद्यार्थी संगठित, सचेत र विचारमा परिपक्व हुनुपर्ने बताए ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी देशको नेतृत्व तहमा पुगिरहेको ज्वलन्त उदाहरण प्रस्तुत गर्दै उनले भक्तपुर नपाले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने क्षमतावान विद्यार्थी उत्पादन गर्न कलेजहरु सञ्चालन गरिरहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुष्पलाल सुजखूले अध्यापनरत रहँदाका आफ्नो अनुभव राख्दै विद्यालयको स्थापनाले समाज र समुदायको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले विद्यालय स्थापना गर्दा स्थानीय समुदाय, बुद्धिजीवी, अग्रजहरुले अभिभावकीय भूमिका निर्वाह गरेको स्मरण गर्दै तारा माविको शैक्षिक कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासमा देन पुर्र्याएको धारणा व्यक्त गरे ।

हाल कोभिडका कारण शैक्षिक क्षेत्रमा समेत ठूलो नोक्सानी पुगेको हुँदा विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी शिक्षकहरुले इमानदारीपूर्वक कार्य गरी विद्यार्थीहरुको भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र सुवालले विद्यालयमा कार्यरत शिक्षिका प्रेमलक्ष्मी त्वायनालाई तारा माविको नयाँ प्रअ नियुक्ती गरिएको जानकारी गराए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समतिका बलराम प्रजापति, कार्यक्रमका संयोजक हरिकृष्ण प्रजापति, शिक्षक हरिप्रसाद बास्तोला, शिक्षक सिर्जना ङाखुसी र छात्रा कृष्मा कायष्ठले आफ्नो धारणा राखेका थिए ।

Thuprai - Books and E-books
I Tech store