After SEE Portal

छात्रवृत्तिमा पढन गएका शिक्षकलाई गैर कानुनी रुपमा तलब प्रदान

Bridge Course

सुनसरीका चार जना शिक्षक विरुद्ध गयल भएको दिनको हाजिरी गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

सुनसरीको कोशी गाउँपालिका वडा नं १ स्थित राष्ट्रिय माध्यामिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, विरेन्द्र प्रसाद यादव र शिक्षक बालेश्वर यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको हो ।

प्राथमिक तहका शिक्षक बालेश्वर यादवले विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियार अनुसन्धान आयोगले जारी गरिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षक यादवले आफू न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहँदाको ९१ दिन फर्जी हाजिरी बनाई तलब लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मार्फत प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत हेल्थ असिष्टेन्ट विषयको खुल्ला कोटा अन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५र०७६ देखि ३ वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता लिएको खुलेको हो । साथै ४७ दिन गयल समेत भई तोकिएको सरकारी कामकाज नगरी विद्यालयबाट एक लाख तीस हजार आठ सय त्रिचालीस रूपियाँ दुई पैसा तलव भत्ताको रुपमा लिएको जनाएको छ ।

त्यसैगरी उक्त विद्यालयका तत्कालीन प्रधानाध्यापकहरु धनीलाल यादव ९हाल अवकाश प्राप्त०, भोली यादव ९हाल अवकाश प्राप्त० र विरेन्द्र प्रसाद यादवको हकमा शिक्षक धनीलाल यादवले प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमध्ये २०७५ आश्विनदेखि २०७६ फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालय समेतको फर्जी हाजिरी बनाई भुक्तानी दिएको आरोप छ ।

उनीहरुले ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा हाजिर खाली भई गयल रहेको अवधि ३७ दिनको गरी रु ६४,९००।४४ भुक्तानी दिएको, शिक्षक भोली यादवले प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमध्ये २०७७ माघदेखि २०७८ कात्तिकसम्म चौतीस दिन फर्जी हाजिरी मात्र गराई विद्यालयमा अध्यापन नगराई रु ३३,६१८।४२ तलब भत्ता दिलाएको र शिक्षक विरेन्द्र प्रसाद यादवले प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहको अवधिमध्ये २०७८ मंसिरदेखि २०७८ फागुनसम्मको विद्यालयमा २२ दिनको फर्जी हाजिरी गराएको र २०७८ मंसिर महिनामा गयल रहेको अवधि १० दिनको गरी रु ३२,३२४।१६ शिक्षक बालेश्वर यादवलाई गैरकानूनी लाभ दिलाई भुक्तानी दिएको खुलेको छ ।

उनीहरुले गैरकानूनी लाभ दिलाई भुक्तनी दिएको पुष्टि भएकोले सजाय बराबर कैद तथा बिगो बमोजिम जरिवाना हुनसमेत सजायको मागदावी लिई विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

 

A Levels MA