A Levels MA

विश्वविद्यालयको नतिजा चिन्ता जनक

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विश्वविद्यालयको नतिजा चिन्ता जनक भएको बताएका छन् ।

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले त्रिभुवन विश्वविद्यालयको नतिजा अहिले सम्म २९ प्रतिशत मात्र हुनु चिन्ता जनक भएको बताएका हुन् । ‘हामी कहाँ सबै विश्वविद्यालयको नतिजा आउने गरेको छैन ।’ उनले भने, ‘त्रिविको नतिजा औसतमा २९ प्रतिशतभन्दा माथि जान सकेको छैन, यो चिन्ताजनक कुरा हो ।’

एकै दिन आधादर्जन क्याम्पसलाई क्युएए प्रदान

आयोगले आजको प्रमाणपत्र वितरण समारोहमा त्रिवि, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय आवद्ध छ ओटा क्याम्पसलाई क्युएए प्रदान गरेको छ ।

आयोगले पूर्वाञ्चल पवश्वविद्यालयको काठमाडौँ स्कुल अफ ल, भक्तपुर, पोखरा विश्वविद्यालयको स्कुल अफ बिजनेस, त्रिविको मैया देवी कन्या कलेज, चितवन, शहीद स्मृति बहुमुखी क्याम्पस, चितवनलाई दोस्रो पटक क्युएए प्रदान गरेको छ ।

त्यसैगरी त्रिविकै भवानीशंकर बहुमुखी कलेज, चितवन, कुमारवर्ती बहुमुखी क्याम्पस, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लाई एकै पटक क्युएए प्रदान गरेको छ ।

प्रमाणपत्र पाए पछि उपलब्धि सन्तोसप्रद भएन

आयोगले यस अघि क्युएए प्रदान गरेका क्याम्पसको अनुगमन तथा निरीक्षण कम हुन गरेको छ । अनुदान आयोगले क्युएए प्रदान गरेका क्याम्पसको एक वर्ष पछि अनुगमन गर्दा उपलब्धि सन्तोषप्रद नभएको अध्यक्ष प्राडा सुवेदी बताए । ‘अनुगमन पुगेको छैन ।’ उनले भने, ‘क्युएए पाएका क्याम्पसको उपलब्धि अपेक्षकृत रुपमा एक तिहाइ मात्र भएको पाइएको छ ।’

क्युएएको प्रक्रिया सुरु भएको तीन देखि आठ वर्षमा प्रमाण पत्र

अनुदान आयोगले आज क्युएए प्रदान गरेको क्याम्पसको क्युएए प्रक्रिया केहीको तीन वर्षमा र केहीको आठ वर्ष पछि मात्र प्रक्रिया पुरा गरेर प्रमाण पत्र प्रदान गरिएको अध्यक्ष प्राडा सुवेदीले जानकारी दिए ।

पाँच वर्षमा परिवर्तन गर्छौं

काठमाडौँ स्कुल अफ लका एक्जुकेटिब डाइरेक्टर गुणराज सङ्ग्रौलाले प्रमाण पत्र पाएपछि थप चुनौती थपिएको भन्दै आगामी पाँच वर्ष कलेजलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

सो समारोहमा बोल्दै उनले ल कलेजलाई नेपालको उत्कृष्ट र विश्वमा नै चिननिने बनाउन आफू सधैं प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पाखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका डीन डा दयाराज ढकालले खुसी संगै चुनौती पनि थपिएको हुँदा पाँच वर्ष पछि पुनः आयोगले प्रदान गर्ने क्युएएमा आफ्नो संस्थालाई पार्न हरसम्भव प्रयत्न गर्ने बताए ।

त्रिविको क्युएए सेन्टरका निर्देशक डा. प्रेमबहादुर थापाले त्रिविको क्युएए सेन्टरमा पर्न आएका आवेदनलाई सूचक पुरा गरेको भएमा तत्काल स्विकृति प्रदान गर्ने बताए ।

बार्षिक रुपमा अनुगमन हुनु पर्ने

आयोगले क्युएउ प्रदान गरेका क्याम्पसको सम्पूर्ण गतिविधिको नियम अनुसार बार्षिक रुपमा अनुगमन गर्नुपर्छ । तर, आयोगले शैक्षिक क्यालेण्डर फरक पर्ने भन्दै अनुगम गर्ने गरेको छैन । आयोगले आज क्युएए प्रदान गरेका क्याम्पसलाई पनि आर्थिक वर्ष सकिएको तीन महिना भित्र बार्षिक रिपोर्ट पठाउन निर्देशन दिएको छ । घुमाउरो पारामा अनुगमन गर्न शैक्षिक क्यालेण्डर नमिल्ने भन्दै रिपोर्ट पेस गर्न प्रमाणपत्र वितरण गर्दै निदेृशन दिएको छ ।

आयोगले प्रतिवेदन पठाउँदा क्याम्पसले गरेको अनुसन्धान देखिने गरी गरिएको भए ४० प्रतिशत अंक् प्रदान गर्ने, टिचिङ लर्निङआउट कम, संस्थागत सुशासन २० प्रतिशत र स्व सिर्जनामा १० प्रतिशत मूल्याङ्कनको आधार तय गरेर प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।

Thuprai - Books and E-books