After SEE Portal

इजरायलमा रहेका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न विश्वविद्यालयको अपिल

Bridge Course

२६५ जना कृषि विश्वविद्यालयका- ११९, त्रिवि-९७ र सुप विश्वविद्यालयका-४९   जना नेपाली विद्यार्थी गएको

इजरायलमा आफ्नो कोर्ष पुरा गर्न गएको विद्यार्थीलाई सुरक्षित ठाँउमा सार्ने पहल गर्न विश्वविद्यालय सरकारलाई आग्रह गरेका छन् । इजरायलमा सुदुरपश्चिम विश्वविद्यालय, त्रिभुवन विशव्विद्यालय र  कृषि विश्वविद्यालयका विद्यार्थी इन्र्टनसीपका लागि गएका छन् ।

रामपुर कृषि विश्वविद्यालयबाट  सन् २०२३ मा ११३ जना र २०२२ मा  ६ जना विद्यार्थी इन्टर्नसिपका लागि इजरायल गएको विश्वविद्यालयले जानकारी दियो ।

त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले इजरायल सरकारको लर्न एण्ड अर्न  कार्यक्रम अन्तर्गत विभिन्न विश्वविद्यालयवाट इजरायलमा अध्ययनका लागि गएका २६५ जना कृषि विश्वविद्यालयका- ११९, त्रिवि-९७ र सुप विश्वविद्यालयका-४९   जना नेपाली विद्यार्थी गएको जानकारी दिएको छ ।

अशोज २० गते इजरायलमा नेपाली समय अनुसार बिहान ६.३० बजे किवुज अलुमिम लगायतका विभिन्न स्थानमा गरिएको श्रृंखलावद्ध आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका उक्त समूहमा अध्ययनरत रहेका १७ जना विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भएको समाचारप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इजरायलबाट प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा कैलालीका घोडाघोडी नगरपालिकाका नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी नगरपालिकाका गणेशकुमार नेपाली, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकामका दिपेशराज विष्ट, धनुषा सपहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार, डोटी पचनालीका राजन फुलारा, डोटी लामिखालका पदम थापा, सल्यान सारदा नगरपालिकका प्रवेश भण्डारी, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी छन् । कञ्चनपुर भीमदत्त नगरपालिकाका विपिन जोशी सम्पर्कविहीन भएको राजदूत रिजालले बताउनुभयो । सल्यान नगरपालिकाका विधान सेजुवाल, दाङ दङ्गीशरणका प्रवीण डाँगी, कैलाली टीकापुरका मनबहादुर चौधरी र गोरखा नगरपालिकाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार प्रभावित १७ जना विद्यार्थीहरूमध्ये हालसम्म १२ जना सम्पर्क विहीन, ३ जना उपचाररत र २ जना सकुशल रहेको जानकारी प्राप्त भएको छ भने अन्य विद्यार्थीहरू सुपवि कृषि विज्ञान सङ्काय तथा आफ्नो परिवारजनहरूसँग सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विश्वविद्यालयले विद्यार्थीहरूको भविश्यलाई ध्यानमा राखी अन्तराष्ट्रिय स्तरमा सिकाई अनुभव बटुल्ने अभिप्रायले इजरायल सरकारको सिकाइ सँगै आर्जन  कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थीहरूलाई गत भदौमा इजरायलको विकासमा कृषि एवं पशुपालन क्षेत्रले गरेको योगदानलाई नजिकवाट अध्ययन गर्नका लागि विभिन्न ७ वटा समूहहरूमा विभाजन गरी स्थलगत अध्ययनका लागि पठाएको समयमा इजरायलमा दुखद घटना घटेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपालीले  ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको  जनाएको छ।

मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उदार र उचित उपचारको प्रबन्ध गर्न रायल सरकार समक्ष अनुरोध भईसकेको  जनाएको छ।

इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा तयारी गरिरहेको जनाएको  छ।

 कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालयले अनुरोध समेत गरेको छ ।

मन्त्रालयलेइजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण अलपत्र परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका लागि परराष्ट्र मन्त्रालयका  सेवा लम्साल,  ९८५१३१०२२९ शरदराज आरण, सह-सचिव, परराष्ट्र मन्त्रालय ९८४४४९५८५८, दुरपदा सापकोटा, उप-सचिव, परराष्ट्र मन्त्रालय ९८४१४०३३६२, कृष्ण सिलवाल, ९८४९१७९५२० नेपाली राजदूतावास,तेल अबिव, इजरायलमा  कान्ता रिजाल, राजदूत ९७२५४५८६४४२३ अर्जुन घिमिरे, प्रथम सचिव ९७२५२८२८९३००  सम्पर्क गर्न अनुरोध गरेको छ ।

A Levels MA