A Levels MA

विद्यालय शिक्षा व्यवस्थापनमा अनुत्तरदायी शैक्षिक नेतृत्व, एक महिना पाठ्यपुस्तक छाप्नै लाग्ने

छाप्न बाँकी रहेका पाठ्यपुस्तक छाप्न अब एक महिना समय लाग्ने जनक शिक्षा सामग्री केन्द्रले जानकारी दियो । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ८५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी नै छ ।

शैक्षिक सत्र सुरु भएको एक हप्ता बितेको छ । कुनै पनि विद्यालयका बालबालिकाले सबै पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । नयाँ शैक्षिक सत्रमा प्रयोग गर्नुपर्ने पाठ्यपुस्तक विद्यार्थीले पाउन सकेका छैनन् ।

शैक्षिक नेतृत्वमा रहेका वर्गले समयमा नै सही निर्देशन तथा उचित सहयोग नपाउँदा पाठ्यपुस्तक छाप्नुपर्ने समयमा राज्य शक्ति नै मतपत्र छाप्न व्यस्त भयो । मतपत्र छाप्नु अगावै पाठ्यपुस्तक छाप्ने आधिकारिक मान्यता पाएका प्रकाशन गृहले पाठ्यपुस्तक छाप्थे । कोरोनाका कारण दुई-दुई वर्ष पढ्न नपाएका बालबालिकाले सुरु देखि नै पढ्न पाउथे । तर, त्यसो हुन सकेन ।

एकातर्फ, अहिले बालबालिका पाठ्यपुस्तक पाइएन भनेर रोइरहेका छन् । जनक शिक्षा सामग्री केन्द्रले कछुवाको गतिमा पाठ्यपुस्तक छापिरहेको छ । छाप्न बाँकी रहेका पाठ्यपुस्तक छाप्न अब एक महिना समय लाग्ने जनक शिक्षा सामग्री केन्द्रले जानकारी दियो । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ८५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी नै छ । अहिलेसम्म एक करोड ५० लाखको हाराहारीमा मात्रै पाठ्यपुस्तक छपापिएका छन् । छाप्न बाँकी रहेका पाठ्यपुस्तक हिजोबाट छाप्न सुरु गरिएको छ । अब नियमित पाठ्यपुस्तक छाप्दा पनि जनक शिक्षालाई एक महिना छाप्न मात्र समय लाग्छ । अबको दुई महिनासम्म दुरदराजका विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सक्ने अवस्था छैन ।

यस्तो अभावैअभावको अवस्था जनक शिक्षाका अध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र शिक्षा सचिव यादवप्रसाद कोइराला सहितको जम्मु टोली आज लण्डन प्रस्थान गरेको छ । शिक्षा सम्बन्धि अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन मन्त्री र शिक्षा सचिव लण्डन प्रस्थान गरेका हुन् ।

त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनकानी गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो अवस्थामा हस्तक्षेपपूर्ण व्यवहार प्रयोग गरेर भए पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने पर्ने अवस्थामा मन्त्री र सचिव नै विदेशिएका हुन् ।

त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनकानी गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो अवस्थामा हस्तक्षेपपूर्ण व्यवहार प्रयोग गरेर भए पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने पर्ने अवस्थामा मन्त्री र सचिव नै विदेशिएको मन्त्रीका प्रेस संयोजक विकल खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले सरकारी तथा निजी प्रकशन गृहलाई फागुनमै प्रिन्ट रेडी कपी (पीआरसी) उपलब्ध गराइ सकेको जनाकारी दियो ।

Thuprai - Books and E-books