After SEE Portal

प्राविधिक शिक्षा विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिँदै एमालेको घोषणा पत्र सार्वजनिक

Bridge Course

प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिने भन्दै नेकपा एमालेले आज आफ्नो स्थानीय तह निर्वाचन २०७९ शीर्षक दिएर  चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने एमालेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास लगायत आधारभतू तथा माध्यमिक शिक्षामा सहज पहुँच पुर्याउने, विद्यालय छाड्नेदर घटाउने र विपद लगायत अन्य कारण विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, प्रौढ तथा अभिभावक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, जीवन पर्यन्त सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी कार्य सञ्चालन गर्ने घोषणा पत्रमो उल्लेख गरेको छ ।

प्रत्येक पालिकामा कम्तिमा एउटा प्राविधिक माध्यमिक विद्यालय स्थापना गर्ने प्रतिबद्धता घोषणा पत्रमा गरिएको छ । ‘माध्यमिक शिक्षालाई क्रमशः निस्शुल्क र अनिवार्य बनाउने, सामुदायिक विद्यालयको गुणस्तर विकास गरेर स्थानीय विद्यालयमै पढ्ने वातावरण निर्माण गर्ने लगायतका प्रतिवद्धता एमालेले आफ्नो घोषणा पत्र मार्फत उद्घोष गरुेको छ

यस्तो छ एमालेको घोषणा पत्रमा शिक्षा सम्बन्धी प्रतिवद्धताः

A Levels MA