After SEE Portal

युजिसिले कोभिडसँग सम्बन्धित विभिन्न अनुदान प्रदान गर्ने

Bridge Course

विश्वविद्यालय अनुदान आयोग (युजिसि) ले कोभिडसँग सम्बन्धित विभिन्न अनुदान प्रदान गर्ने भएको छ । उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत सो अनुदान प्रदान गर्ने भएको हो ।

आयोगले सार्वजनिक गरेको विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि,२०७७ अनुसार सो परियोजनाले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि आयोगले सो अनुदान प्रदान गर्ने भएको हो ।

कोभिड–१९ का कारण उच्च शिक्षा क्षेत्रमा उत्पन्न भएको संकट÷समस्या न्यूनीकरण गर्न उद्देश्यले आयोगले डिएलआईको व्यवस्था गरेको हो ।

आयोगले सो सहयोग विश्वविद्यालय तथा सोअन्तर्गतका डीन कार्यालय, स्कूल, केन्द्रीय विभाग, आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई उपलब्ध गराउने उक्त कार्यविधिमा उल्लेख गरिएको छ ।

विश्वविद्यालयबाहेकका लागि सहयोगका आधार गुणस्तर प्रत्यायनप्राप्त उच्च शिक्षण संस्थाहरू, विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू÷विभागहरू÷स्कूलहरू र गुणस्तर प्रत्यायनका लागि आयोगमा एसएसआर पेश गरेका उच्च शिक्षण संस्थाहरूमध्ये स्नातक तथा स्नातकोत्तर कार्यक्रम संचालन गरेका र ३०० भन्दा बढी विद्यार्थी संख्या भएका क्याम्पसलाई प्रदान गर्ने भएको छ ।

आयोगले सिकाइ व्यवस्थापन प्रणालीको विकास, शक्षक तालीम, प्रत्यक्ष कक्षा संचालन,कक्षा संचालनको भिडियो रेकर्डिङ,विभिन्न सामग्रीहरू व्यवस्थापन लगायतका विषयमा आयोगले क्याम्पसलाई सहयोग प्रदान गर्ने भएको छ ।

A Levels MA
Thuprai - Books and E-books