लकडाउन यता दुई दर्जन प्रमाणपत्र सम्बन्धी मुद्दा

लकडाउन यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईजर्दन बढी नक्कली प्रमाण पत्र सम्बन्धी मुद्दा परेका छन् । कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन गरिएयता मात्र नक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक सेवामा काम गर्ने २० जनालाई अख्तियारले विशेष अदालतमा बिगो असुल गरी कानुनी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ ।

अख्तियारको छानविनमा गत चैत्रदेखि अहिलेसम्म परेका उजुरीको छानविन हुँदा नक्कली प्रमाण पत्रका आधारमा सार्वजनिक सेवामा कार्यरत र सेवा निवृत्त भएका कर्मचारीको पनि प्रमाण पत्र नक्कली भेटिएको हो ।

छानविनका क्रममा अधिकांश शिक्षकको प्रमाण पत्र नक्कली भेटिएको अख्तियारले जानकारी दियो ।

असार सात गतेमात्र नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्साका तत्कालीन प्रधानाध्यापक सन्तोष प्रसाद गुप्ताले विद्यालयको भवन निर्माणका लागि निकासा भएको रु। १६ लाख रकममध्ये आफ्नो नाममा रु। ५ लाख र विश्वनाथ साह कानूको नाममा रु। एक लाख निकासा गरी जम्मा रु। ६ लाख रकम विद्यालयमा कुनै काम नगरी भ्रष्टाचार गरेको पुष्टि गरेको अख्तियारले जानकारी दियो ।

त्यस्तै राष्ट्रिय मा।वि। पहरिया कृष्णपुर कञ्चनपुरका शिक्षक बिस्ना कुमारी साउदले शिक्षक सेवा आयोग भक्तपुरको अस्थायी करार सूचीमा नाम रहेको अर्की बिस्ना साउदको नाउँमा एक बर्षदेखि अस्थाई सूचीको शिक्षक भई जागिर खाइरहेको पुष्टि गर्दै निज उपर विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।

अख्यिारमा पर्ने अधिकांश मुद्दा मध्ये शैक्षिक प्रमाण पत्र सम्बन्धी मुद्दा बढी पर्ने गरेका छन् । अहिले सम्मकै सबैभन्दा बढी गत चैत्र ७ गते नक्कली प्रमाणपत्र सम्बन्धी सात वटा मुद्दा दायर गरेको छ । त्यसपछि जेठ पाँच गते चार जना सार्वजनिक सेवामा संलग्नको प्रमाणपत्र नक्कली भएको भेटिएको छ ।

‘आयोगमा औषतमा दैनिक दुई दर्जन जति मुद्दा प्रमाणपत्र सम्बन्धित पर्ने गरेका छन् ।’ अख्तियारका एक अधिकृत भन्छन्, ‘सबै मुद्दाको किनारा लाग्दा धेरै शिक्षकको प्रमाण पत्र नक्कली भएको भेटिन्छ ।’

कतिपय मुद्दा व्यक्तिगत वैमनश्यताका कारण पर्ने गरेका छन् । मुद्दाको किनारा लाग्ने क्रममा पनि शिक्षक तथा शिक्षा सेवाका कर्मचारीको प्रमाणपत्र नक्कली भेटिने अख्तियार स्रोतले जानकारी दियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal