After SEE Portal

शिक्षा सम्बन्धी दुई विधेयक आउने तयारीमा

Bridge Course

नेपाल सरकारले शिक्षा सम्बन्धी दुईवटा विधेयक ल्याउने तयारी गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा दुई विधेयक ल्याउने सौद्धान्तिक सहमति प्रदान गरेको हो ।

मन्त्री परिषद्को आजको बैठकले मदनभण्डारी प्रौद्योगिक विश्वविद्यालय सम्बन्धी विधेयक र राष्ट्रिय योग्यता प्रारुप सम्बन्धी विधेयक तर्जुमा गर्ने सौद्धानितक सहमति प्रदान गरिएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञावलीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सो सम्मेलनमा डा. गोविन्द केसीका अधिकांश माग सरकारले सम्बोधन गरेको भन्दै चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रावृत्ति कार्यान्वयनमा आएको, सातै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको जानकारी दिए ।

पछिल्लो समय  पिसिआर परीक्षणको डायरा बढाउँदै गएको जानकारी दिए । उनले यो असामान्य समयमा अनशन बस्नु असान्दर्भिक भएको बताए । डा. केसीका मागलाई आगामी दिनमा छलफल र बहसमा  लगिने उनले जानकारी दिए । 

A Levels MA
Thuprai - Books and E-books