After SEE Portal

त्रिविको बीआईटी कार्यक्रम थप तीन कलेजमा सञ्चालन हुने

Bridge Course

त्रिभुवन विश्वविद्यालयविज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालित ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी (बीआईटी) को कक्षा यो शैक्षिक वर्षदेखि १२ ओटा आंगिक कलेजबाट पठनपाठन हुने भएको छ ।

त्रिविले यो वर्षदेखि रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पस जनकपुर, पद्यकन्या क्याम्पस काठमाडौं र ठाकुरराम बहुमुखी क्याम्पसमा यो कार्यक्रम थप गरेको हो ।

यो कार्यक्रम सञ्चालनका लागि हरेक आङ्गिक क्याम्पसमा एक सेसनको ३६ जना विद्यार्थी कोटा निर्धारण गरेर अनुमति दिइएकोविज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन विनिल अर्यालले जानकार दिए । शैक्षिक सत्र २०७८–०७९ देखि स्नातक तहमा पठनपाठन सुरु गर्ने भएका हुन् ।

यस अघि त्रिविका अमृत साइन्स क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, पाटन बहुमुखी क्याम्पस, महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धार्थ साइन्स क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस विरेन्द्र बहुमुखी क्याम्पसमा यसको कक्षा सञ्चालन हुँदै आएको डीन अर्यालले जानकारी दिए ।

विद्यार्थीको माग अनुसार प्राविधिक शिक्षा (कम्प्युटर) अन्तर्गतका बीआईटीसंचालनका लागि क्याम्पसले भर्ना प्रक्रिया सुरु गरिसकेका छन् ।

कक्षा सञ्चालनका लागि डीनको कार्यालयबाट सञ्चालन भएको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीलाई भर्ना लिनु पर्ने छ ।

यो विषय अध्ययनका लागि माध्यमिक विद्यालयको जुनसुकै समूहबाट कक्षा ११ र १२ मा अङग्रेजी र न्यून्तम सय पूर्णांकको गणित विषय लिई दोश्रो श्रेणीमा उत्तीर्ण वा सीजीपीए २.० प्राप्त गरेको हुनुपर्ने डीन अर्यालले जानकारी दिए । यसका ललवा ३ वर्षे डिपलोमा सय र सय अङ्कको अङ्ग्रेजी वा गणित विषय लिई दोश्रो श्रेणीमा उत्तीर्ण हुनुपर्ने गरी भर्नाको प्रावधान त्रिविले तय गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books