A Levels MA

त्रिवि अनुसन्धान केन्द्रले रु. एक करोडको अनुसन्धान प्रस्ताव माग्यो

त्रिभुवन विश्वविद्यालयले अनुसन्धान केन्द्रहरूको लागि गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हान गरेको छ ।

त्रिवि, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले, आव २०७९–०८० को अनुसन्धान अनुदान कार्यक्रम अन्तर्गत त्रिविका सम्पूर्ण अनुसन्धान केन्द्रहरूवाट आआफ्नै उद्देश्य तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत रही अधिकतम रू. एक करोड सम्मको अनुसन्धान कार्यका लागि अनुसन्धान प्रस्ताव आव्हान गरेको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजनाको लागि तयार गरीएको कार्यविधि र सो कार्यविधि(अनुसन्धान सञ्चालन सम्बन्धि मापदण्ड एवं निर्देशिका २०७८ (संशोधित) अनुसार अनुसार तीन प्रति अनुसन्धान प्रस्ताव र त्यसका डिजिटल कपी समेत अनुसूची ८ अनुसार निर्देशनालयमा असार २९ गते दिउँसो ४ बजे भित्र पेश गर्नु पर्ने सूचनामा उल्लेख गरेको छ।

परियोजनाका लागि पेश गरिएको अनुसन्धान प्रस्ताव अन्यत्र कही पनि पेश गर्न नहुने, अङ्ग्रेजी बा नेपाली भाषामा मात्र अनुसन्धान प्रस्ताव लेखिएको हुनु पर्ने सूचनामा  उल्लेख छ ।

त्रिवि अन्तर्गत प्रदान गरिएका परियोजनाहरुको अन्तिम प्रतिवेदन नबुझाए सम्म त्यसमा संलग्न प्रमुख अनुसन्धानकर्ताहरूले त्रिभुवन विश्वविद्यालयका अन्य परियोजनाहरुमा आवेदन दिन नपाउने सूचनामा उल्लेख छ ।

Thuprai - Books and E-books