After SEE Portal

बी.ई./ बी. आर्क प्रवेश परीक्षा सम्बन्धी सूचना : त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थान

Bridge Course

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्ड 

शैक्षिक बर्ष २०७६/०७७ को स्नातक (बी.ई. / बी. आर्क) तहको विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षा सम्बन्धी सूचना 

त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०१६/२०७५ का लागि स्नातक (बी. ई. /बी.आर्क.) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थीहरु भर्नाका लागि कम्प्यूटर परीक्षा प्रणालीको विधि मार्फत संचालन गरिने प्रवेश-परीक्षा मिति २०७६ श्रावण २० गते देखि इन्जिनियरिङ्ग अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र (ICTC), पुल्चोकमा तोकिएको समय र शिफ्ट अनुसार संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत संचालित आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरु निम्नानुसार रहेका छन् ।

१. आवेदनका लागि न्यूनतम योग्यता 

१.१ त्रि.वि. वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक शास्त्र, रसायन शास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह, उच्च माध्यमिक तह वा A Level वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णाङ्कको कम्तिमा ४५६ तथा Letter Grading भएमा NEB को हकमा सबै विष्य को Final Grade मा न्यूनतम C Grade प्राप्त गरी उतीर्ण गरेका वा अन्तिम परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुले समेत आवेदन दिई प्रवेश-परीक्षामा सहभागी हुन पाउनेछन् । 

१.२ विदेशी नागरिकहरुले पूर्णशुल्कीय कार्यक्रममा मात्र आवेदन दिन पाउनेछन्।

A Levels MA