After SEE Portal

त्रिविले व्यवस्थापन संकायका सबै तहको परीक्षा मिति तय गर्यो

Bridge Course

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तह तथा स्नातकोत्तर तहको परीक्षा आगामी साउनमा सञ्चालन गर्ने भएको छ ।  त्रिविले व्यवस्थापन संकायका सबै कार्यक्रमको परीक्षा साउन दोस्रो सातादेखि सुरु गरेर भदौको पहिलो हप्तासम्ममा सक्ने भएको हो ।

त्रिवि को व्यवस्थापन संकायको परीक्षा नियन्त्रण कार्यालयले आज प्रकासित गरेको सूचनामा बीबीए, बीआईएम, बीबीएम, बीबीएएफ, बीटीटीएम, बीएमएस र बीपीए कार्यक्रमको दोश्रो,चौथो तथा छैटौंसत्रको नियमित परीक्षा सञ्चालन कोभिड १९ पूर्ववत् प्रश्नपत्रको ढाँचामा सञ्चालन गर्ने भएको छ ।

व्यवस्थापन संकायका सहायक डीन प्राडा ध्रुवकुमार गौतम द्वारा आज प्रकासित सूचनामा विस्तृत परीक्षा तालिका, परीक्षा समय र परीक्षा केन्द्रको सम्बन्धमा पछि सूचना प्रकाशित गरिने उल्लेख गरिएको छ ।

त्यस्तै सोही संकायको स्नातकोत्तर तहको एमबीएस तथा एमपीए कार्यक्रमको तेश्रो सत्रको नियमित परीक्षा साउन दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।

तेश्रो सत्रको नियमित परीक्षा गत वैशाख १७ गतेदेखि देखि संचालन हुनेगरि परीक्षा तालिका प्रकाशित गरिएकोमा कोभिड १९ महामारीका कारण स्थगित गरेको थियो । त्रिविले सो सत्रको परीक्षा आगामी साउन दोस्रो सातादेखि पूर्वबत् प्रश्नपत्रको ढाँचामा ९४ घण्टा परीक्षा समय र १०० पूर्णाङ्ग) मा सञ्चालन सञ्चालन गर्ने भएको छ ।त्रिविले सो परीक्षाको विस्तृत तालिका, परीक्षा समय र परीक्षा केन्द्रको सम्बन्धमा पछि सूचना प्रकाशित गर्ने भएको छ ।

 त्यस्तै स्नातकोत्तर तहको एमबीए, एमएचएम एमटीटीएम कार्यक्रमको तेश्रोसत्रको नियमित परीक्षा साउन तेश्रो सातादेखि कोभिड १९ पूर्वबत् प्रश्नपत्रको ढाँचामा सञ्चालन गर्ने भएको छ ।

त्रिवि, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित उक्त कार्यक्रमको परीक्षा गत वैशाख १७ गतेदेखि सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको भएपनि कोभिडका कारण उक्त परीक्षा स्थगित गरिएको सहायक डीन प्रा। डॉ। गौतमद्वारा आज सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ र

 

A Levels MA
Thuprai - Books and E-books