After SEE Portal

​ त्रिभुवन विश्वविद्यालयले माइक्रोवायोलोजी अध्ययन गरेको जनशक्तिलाई दरवन्दी सृजना गर्न पहल गर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालय माइकोबायोलोजी विषय समितिका अध्यक्ष सह-प्रा. डा. मेघराज बन्जाराले त्रिभुवन विश्वविद्यालयमा माइक्रोवायोलोजी अध्ययन गरेको जनशक्तिलाई दरवन्दी सृजना गर्न पहलगर्ने अभियान सुरुवात गर्नु भएको छ । आज माइकोबायोलोजी विषय अध्यापन हुने सम्पूर्ण क्याम्पसका  क्याम्पस प्रमुख तथा  विभागहरुका  विभागीय प्रमुखहरुलाई चिट्ठी पठाएर यो अभियानको सुरुवात गर्नु भएको हो । 

त्रिभुवन विश्वविद्यालयबाट सन् १९७८ देखि त्रिचन्द्र क्याम्पसबाट स्नातक तह र सन् १९९० देखि माइकोबायोलोजी केन्द्रीय विभागबाट स्नातकोत्तर तहमा माइक्रोवायोलोजी विषय अध्यापन भई हाल देशका विभिन्न क्याम्पसबाट स्नातक तथा स्नातकोत्तर तह उतीर्ण जनशक्ति उत्पादन भईरहेको छ ।


समाजका विभिन्न क्षेत्र जस्तै वातावरण प्रदुषणको अनुगमन, रोग गराउने शुक्ष्म जीवहरुको निदान तथा अनुसन्धान, खाद्य पदार्थ तथा पानीको शुद्धता, कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि शुक्ष्म जिवहरुको प्रयोग आदि माइक्रोवायोलोजी विषयका क्षेत्रहरु हुन् ।

उहा भन्नु हुन्छ,  माइक्रोवायोलोजी विषयमा हालसम्म २०००० भन्दा वढी स्नातक३००० भन्दा वढी स्नातकोत्तर डिग्री उतीर्ण दक्ष जनशक्तिहरु उत्पादन भइसकेको अवस्थामा उत्पादित जनशक्तिहरुले विषय अनुसारको रोजगार पाउन नसकेको अवस्थामा यस विषयसँग सम्वन्धित सवै सरोकारवालाहरुको ध्यान यस विषयको प्रवर्दन गर्ने तथा उत्पादित जनशक्तिलाई रोजगार दिलाउने तर्फ केन्द्रीत हुनुपर्ने देखिन्छ ।

माइक्रोवायोलोजी विषयसँग सम्बन्धित मन्त्रालय, विभाग तथा अन्य सरोकारवाला निकायहरुमा गई छलफल चलाउने र भविष्यमा उक्त निकायहरुमा माइक्रोवायोलोजी अध्ययन गरेको जनशक्तिलाई दरवन्दी सृजना गर्ने कार्यमा सहयोग गर्न सम्वन्धित सवैलाई आ-आफनो क्षेत्रबाट योगदान गर्न आह्वान गर्नु भएको छ । 

यस कार्यका सबै पक्षबाट सकारात्मक पहल भएमा दक्ष्य जनशाक्तिले आफ्नै देश्मा आफ्नो योग्यता अनुसारको रोजगारी गर्दै देश बिकास मा योगदन गर्न सक्ने तथ्यलाई नकर्न सकिदैन ।  

A Levels MA