After SEE Portal

त्रिविको समकक्षता सम्बन्धी सेवा अनलाइनबाटै

Bridge Course

त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।

यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले पहिलो पटक अनलाइनबाट यो सेवा लिएका छन् ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था गरेपछि पहिलाको अनावश्यक झन्झटबाट विद्यार्थीले मुक्ति पाएको महसुस गरेका छन् ।

केन्द्रका कार्यकारी निर्देशक प्राडा पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे ।

देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झटबाट अब विद्यार्थीलाई मसक्ति मिलेको छ ।

A Levels MA
Thuprai - Books and E-books