After SEE Portal

पूर्वाग्राही भएर त्रिविले सम्बन्धन खारेज गर्योः पब्लिक युथ कलेज

Bridge Course

सम्बन्धनका सबै प्रक्रिया पुरा गरी पहिलो सेमेस्टरको कक्षा तथा परीक्षा सञ्चालन गरी सकेको कलेजलाई त्रिभुवन विश्वविद्यालयले पूर्वाग्राही तरिकाले सम्बन्धन खारेज गरेको सूचना गरेको पब्लिक युथ कलेज जनकपुरले दाबी गरेको छ ।

कक्षा सञ्चालन पूर्व त्रिविले गठन गरेको अनुगमन टोलीले अध्ययन, अवलोकन गरी २०७५ भदौंको त्रिवि कार्यकारी परिषद्को बैठकले कलेजलाई स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा  परिषद्को बैठकले ०७५ भदौ  १० मा एक सय १६ कलेजलाई स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयमा  त्रिविले युथ कलेजलाई सम्बनधन दिएको हो ।

त्यसैलाई आधार मानेर योजना निर्देशनालयले २८ पुस ०७७ मा युथ कलेजलाई कार्यक्रम सञ्चालनका लागि स्वीकृतिपत्र दिएको क्याम्पस प्रमुख एसएन झाले बताए ।

बीसीए कार्यक्रम सञ्चालनका लागि त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायमा १० लाख धरौटी र त्रिवि विनियोजन शाखामा ५० हजार धरौटी पहिले नै राखेको कलेजले जानकारी दियो ।

कलेजले गतवर्षबाट सञ्चालन गरेको बीसीए कार्यक्रमको पहिलो सेमेस्टरमा ३५ जना विद्यार्थीले अध्ययन गरेका थिए । ती विद्यार्थी अहिले दोस्रो सेमेस्टरमा पुगेका छन् । त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायले लिएको प्रवेश  परीक्षामा केलेजका  तर्फबाट धेरै विद्यार्थीले प्रवेश परीक्षामा  समोल भएका  छन् । सो परीक्षा गत फागुन २२ गते  सञ्चालन भइसकेको छ । कलेजले २१ गते कार्यक्रम खारेज भएको सूचना पाएपनि आधिकारिक रुपमा जानकारी नपाएको हुनाले प्रवेश परीक्षा लिएर चैत्र १६ गतेदेखि नयाँ कक्षा सञ्चालनको सम्पूर्ण तयारी सकेपछि अन्योलको अवस्था सिर्जना भएको कलेजले जानकारी दियो ।

कलेजलाई दिइएको सम्बन्धनका विषयमा उजुरी परेपछि त्रिविको अनुगमन निर्देशनालयले छानबिन गरेको थियो । त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय र योजना निर्देशनालयबाट त्रिविको नियम, विनियमविपरीत युथ कलेजलाई बीसीए कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइएको छानविन समितिले प्रतिवेदन बुझाएपछि कार्यकारी परिषद्ले गत फागुन १८ गते सम्बन्धन खारेज गरेको हो । 

त्रिविबाट गरिएको स्थलगत अनुगमनमा कलेजसँग आवश्यक मापदण्ड पुरा नभएको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । दुई वर्षअघि स्विकृति पाएर पनि कलेजले समयमा धरौटी नबुझाएको, जनशक्ति र पूर्वाधारको अभाव भएको औँल्याएको छ ।

कार्यकारी परिषद्ले सो कलेजको धरौटी फिर्ता गरी विद्यार्थी अन्य कलेजमा स्थानान्तरण गर्न डिन कार्यालयलाई निर्देशन दिएको छ । ‘सम्बन्धन खारेज भएपछि त्यहाँका विद्यार्थी अन्यत्र सार्ने तयारी सुरु भइसकेको त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका बीसीए कार्यक्रम हेर्ने सहायक डिन किरण आचार्यले जानकारी दिए ।

परिषद्ले कार्यक्रम सञ्चालनको स्वीकृति दिने योजना निर्देशनालयका पदाधिकारी र निर्देशनालयलाई राय दिने डिन कार्यालयका पदाधिकारीलाई आइन्दा त्यस्ता कार्य नगर्न सचेत गराएको छ । त्रिवि योजना निर्देशनालय प्रमुख प्राडा रिदिश पोखरेलले डिन कार्यालयको राय लिएर युथ कलेजलाई सम्बन्धनको पत्र दिएको जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books