After SEE Portal

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्ध

Bridge Course

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ ।  विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्धताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्ने उद्देश्यले सो सञ्जालमा जोडिएको हो ।

विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल ट्रान्स युरोसिया इन्फरमेसन नेटवर्क नेपालमा जोडिएको थियो । हालसम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयलगायत २५ वटा सङ्घसंस्था यस सञ्जालमा आवद्ध भएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा विनिल अर्यालले जानकारी दिए । इडियुरोम अनुसन्धान र शैक्षिक सङ्घसंस्थाका व्यक्तिहरूलाई विश्वका अन्य सङ्घसंस्थामा पुग्दा सहजै नेटवर्क पहुँच उपलब्ध गराउने विश्वव्यापी सेवा हो ।

सन् २००२ देखि युरोपबाट शुरु भएको इडियुरोम सेवाको मुख्य उद्देश्य अनुसन्धान र शिक्षाका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र व्यक्तिहरुबीच इन्टरनेट लगायतका सेवामा सहज पहुँच स्थापित गरी अनुसन्धान र शैक्षिक क्रियाकलापलाई सुदृढ गर्नु रहेको छ । इडियुरोम सेवा हाल १०० भन्दा बढी देशमा उपलब्ध भइसकेको छ ।

नेपालका शैक्षिक तथा अनुसन्धानसँग सम्बन्धित सङ्घसंस्थालाई एकापसमा जोडी अनुसन्धान र सहकार्यको वातावरण तयार पार्ने, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्ध गर्ने तथा इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गर्दै आएको छ ।

A Levels MA
Thuprai - Books and E-books