After SEE Portal

युथ क्याम्पस विसिए कार्यक्रममा उठेका विषयमा त्रिविको ध्यानाकर्षण

Bridge Course

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालयले त्रिविबाट निजी क्षेत्रमा सञ्चालन गर्न सम्बन्धन प्राप्त गरेको युथ क्याम्पस, जनकपुरको विसिए कार्यक्रम सञ्चालन सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका विषय र विभिन्न विद्यार्थी संगठनले निकालेको विज्ञप्ति प्रति गम्भीर  ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल विद्यार्थी संघ, कीर्तिपुर इकाईको नामबाट केन्द्रीय कार्यालयमा लगाइएको तालावन्दीको विषयमा वार्ता गरी समस्याको समाधान गर्न शिक्षाध्यक्षबाट एक समिति बनाई प्रक्रिया अगाडि बढाइ सकिएको रजिष्ट्रारको कार्यालयले जानकारी दियो ।

रजिष्ट्रारको कार्यालयले आज एक विज्ञप्ति जारी गरी प्रक्रिया नपुगी स्वीकृति प्राप्त गरेको कार्यक्रमको स्वीकृति खारेज गरिएको र अध्ययनरत विद्यार्थी व्यवस्थापन भइसकेको एक बर्षपछि यस्तो विषय उठ्नु, र कर्तव्य पालनको सिलसिलामा कार्य गरिरहेका जिम्मेवार पदाधिकारी माथि गलत आरोप लगाउने कार्यप्रति विश्वविद्यालयले दुखः व्यक्त गरेको जनाएको छ ।

सो विषयमा त्रिवि कार्यकारी परिषदको २०७५ भदौ १० को निर्णयबाट विभिन्न क्याम्पसहरूलाई विसिए कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो । युथ क्याम्पसलाई पनि सञ्चालन गर्न अनुमति प्रदान गर्ने सैद्धान्तिक निर्णय भएको जनसम्पर्क महाशाखा प्रमुख तथा सूचना अधिकारीले योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

त्रिविका कार्यक्रम सञ्चालनको अनुमति प्राप्त गर्ने क्याम्पस-कलेजहरूले त्रिवि सम्बन्धन सम्बन्धी विनियम, २०७३ मा रहेको प्रावधान बमोजिमको प्रक्रिया पुरा गरी त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायको डीन कार्यालय र त्रिवि केन्द्रीय कार्यालय अन्तर्गतको विनियोजन शाखामा आवश्यक शुल्क बुभाई योजना निर्देशनालयसँग सम्झौता गरी सकेपछि मात्र स्वीकृत कार्यक्रम सञ्चालन गर्न पाउने प्रावधान रहेको छ ।

युथ क्याम्पसले उक्त नियम विपरीत कुनै शुल्क नबुभाई, आवश्यक प्रक्रिया पूरा नगर्दै विद्यार्थी भर्ना गरी कार्यक्रम सञ्चालन गरेको भनी डीन कार्यालयमा गुनासो प्राप्त भएकोले सो विषयमा मानविकी तथा सामाजिकशास्त्र संकायले २०७६ फागुन २८ मा अनुगमन टोली गठन गरेको थियो । उक्त टोलीले क्याम्पसले प्रकृया पूरा नगरी विद्यार्थी भर्ना गरेको, अनुगमनको क्रममा आवश्यक विवरणहरू उपलब्ध नगराएको र भौतिक पूर्वाधार राम्रो नभएको भनी प्रतिवेदन पेश गरेको थियो ।

सो क्याम्पसले एकाएक २०७७ पौषमा मात्र विद्यार्थीको परीक्षा फाराम बुझाउन ल्याएको र सो अवधिसम्म पनि क्याम्पसले सम्बन्धनका लागि तोकिएको प्रक्रिया पूरा नगरेको, कार्यक्रम सञ्चालन स्वीकृति पाएको नदेखिएकोले कार्यक्रम स्वीकृति वेगर भर्ना गरिएका विद्यार्थीहरूको परीक्षा फारम रोकिएको रजिष्ट्रारको कार्यालयले जानकारी दियो ।

परीक्षा फाराम रोकिएपछि मात्र सो क्याम्पसले निर्णय भएको दुई बर्ष ५ महिनापछि  २०७७ पुस २१ गते डीन कार्यालयमा र  केन्द्रीय कार्यालय अन्तर्गतको विनियोजन लेखा शाखामा शुल्क जम्मा गरी योजना निर्देशनालयसँग २०७७ पुस २८ मा सम्झौता गरी हतारमा कार्यक्रम स्वीकृति पत्र प्राप्त गरेको थियो ।

क्याम्पसले आवश्यक प्रक्रिया नपुर्याई स्वीकृति लगेको विषयमा त्रिवि रजिष्ट्रारको कार्यालयमा २०७७ माघ २ मा उजुरी परेपछि अनुगमन निर्देशनालयबाट छानविन गर्दा कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधार समेत नभएको अवस्था एवं विश्वविद्यालयको सम्बन्धन सम्बन्धी विनियमलाई अनुसरण नगरी कलेजले कार्यक्रम सञ्चालन गरेको पाइएकोले दुई महिना भित्र नै कार्यकारी परिषदको २०७७ फागुन १८ गतेको निर्णयानुसार सो क्याम्पसको विसिए कार्यक्रम सञ्चालन गर्ने गरी पाएको स्वीकृति पत्र खारेज गरिएको थियो ।

सो समितिले कलेजमा भर्ना भएका विद्यार्थीहरूको भविष्यलाई ख्याल राखी नजिकैको अर्को क्याम्पसमा पठन-पाठनको व्यवस्था गर्न डीन कार्यालयलाई निर्देशन दिनुका साथै विसिए कार्यक्रम सञ्चालनका लागि उक्त कलेजले जम्मा गरेको सबै धरौटी रकम फिर्ता दिन समेत निर्देशन दिइएकोमा सो क्याम्पसका क्याम्पस प्रमुखले आफूलाई मर्का परेको भनी उपकुलपति कार्यालयमा निवेदन दिएको विषयमा शिक्षाध्यक्षबाट छानविन समिति गठन गराइएकोमा सो समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गरिसकेको छ ।

सम्बन्धित कलेजले दिएको निवेदन उपर गम्भीरतापूर्वक छानविन भइरहेको अवस्थामा विभिन्न विद्यार्थी संघ, संगठनहरूले निकालेको विज्ञप्ति, विसिएको सम्बन्धन प्रकृया, कलेजले स्वीकृति पाएको विषय र तत्कालीन समयमा अनुगमनमा गएका व्यक्तिहरूले अनुगमनका क्रममा अनियमिता गरेको भन्ने विषयहरू उठेकाले यी विषयमा छानविन गरी प्रतिवेदन पेश गर्न त्रिवि कार्यकारी परिषदबाट उच्चस्तरीय समिति गठन गरी छानविन प्रकृया अगाडि बढाइएको रजिष्ट्रार कार्यालयले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books