After SEE Portal

निमाविको नतिजा सार्वजनिक,२०.७५ प्रतिशत मात्र उत्तीर्ण (नतिजासहित)

Bridge Course

 

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक (सामान्य) लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो ।आयोगले गत २०८० बैशाख ९ गते निमावि तृतीय श्रेणीको शिक्षक पदका लागि परीक्षा लिएको थियो ।

२०.७५ प्रतिशत मात्र उत्तीर्ण

सो परीक्षामा ६७ हजार १८० जना सहभागी भएका मध्ये १३ हजार ९३९ जना मात्र उत्तीर्ण भएका छन्  । उक्त परीक्षामा २०.७५ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् 

सो परीक्षामा कोशी प्रदेशबाट १५हजार ५९७ लिखित परीक्षामा सहभागी भएकोमा ३ हजार ८५ जना उत्तीर्ण भएका छन् त्यसैगरी मधेश प्रदेशबाट ६ हजार २१० जना लिखित परीक्षामा सम्मिलित भएकोमा ११०० जना उत्तीर्ण भएका छन् । भने बागमती प्रदेशबाट  ११हजार ६०६ जनाले लिखित परीक्षा दिएकोमा २ हजार ८०३ जना उत्तीर्ण भएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट  ६हजार ६७२ जना सहभागी भएकोमा १ हजार १८१ जना मात्र उत्तीर्ण भएका छन् ।त्यसैगरी गण्डकी प्रदेशबाट ११ हजार ७२८ परीक्षार्थी सहभागी भएकोमा २ हजार ८५५ जना उत्तीर्ण भएका छन ।

कर्णाली प्रदेशबाट ६ हजार ५९८ जनाले लिखित परीक्षा दिएकोमा १ हजार २३१ जना उत्तीर्ण भएका छन् त्यस्तै सुदुरपश्चिम प्रदेशबाट ८हजार ७६९ जनाले लिखित परीक्षा दिएकोमा  १ हजार ६८४ जना उत्तीर्ण भएका छन् ।

कोशी प्रदेशको नतिजा 

मधेश प्रदेशको नतिजा 

बागमती प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

कर्णाली प्रदेशको नतिजा

सुदूरपश्चिम प्रदेशको नतिजा

A Levels MA