A Levels MA

त्रिविले यौन्जन्य हिंसाको उजुरी सुन्ने अधिकारी तोक्यो

त्रिभुवन विश्वविद्यालय सम्बद्ध निकायमा हुने वा हुन सक्ने यौनजन्य दुर्व्यवहारको उजुरी गर्ने आधिकारिक व्यक्ति तोकिएको छ ।

त्रिवि कार्यकारी परिषदको २०७८ चैत २५ को निर्णय नं। १२३७ ले सम्बन्धित निकाय प्रमुखलाई र केन्द्रीय कार्यलयको हकमा शिक्षाध्यक्षलाई उजुरी सुन्ने अधिकारीको रुपमा तोकेको हो ।

त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार निर्देशनालय,महाशाखा,कार्यालय,विभाग,क्याम्पस, केन्द्र, स्कूल र निकाय भित्र कसैलाई यौनजन्य दुर्व्यवहार गरेमा वा गराएमा उजुरी सुन्ने अधिकारीको तोकिएको त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको सूच्नामा उल्लेख गरिएको छ ।

कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार जस्ता कार्य गरे पिडित कर्मचारी, सेवाग्राही वा निजका तर्फबाट जो सुकैले त्यस्तो व्यक्ति उपर व्यवस्थापक समक्ष १५ दिनभित्र लिखित वा मौखिक गुनासो गर्न सक्नेछ र त्यस्तो गुनासो परेमा व्यवस्थापकले सो सम्बन्धमा तुरुन्त छानबिन गर्ने विज्ञप्त्मिा उल्लेख गरिएको छ ।’

यस्तै दोषीलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार ९निवारण० ऐन २०७१ अन्तर्गत कारबाही हुने निर्णय भएको सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दियो ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार ९निवारण० ऐन २०७१ को प्रस्तावनामा सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सुनिश्चित गर्दै कार्यस्थलमा हुने यौनजन्य व्यवहारलाई निवारण गर्ने उल्लेख छ ।

९ऐनको दफा ४ ९१० मा कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुपयोग गरी कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार जस्ता कार्यगरे वा गराएमा सोवाट पीडित कर्मचारी सेवाग्राही वा निजका तर्फवाट जो सुकैले त्यस्तो व्यक्ति उपर व्यवस्थापकसमक्ष १५ दिन भित्र लिखित वा मौखिक गुनासो गर्न सक्ने व्यवस्था छ ।

Thuprai - Books and E-books