After SEE Portal

त्रिविका सबै शैक्षिक कार्यक्रम स्थगित

Bridge Course

त्रिभुवन विश्वविद्यालय चैत्र मसान्तसम्मका लागि आफ्ना सबै शैक्षिक कार्यक्रम स्थगित गरेको छ । त्रिविले आज एक सूचना जारी गरी त्रिविबाट सञ्चालित स्नातक तथा स्नातकोत्तर तहका सबै शैक्षिक कार्यक्रम स्थगित गरेको हो ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी बन्दै गएपछि आवश्यक सुरक्षा अपनाउन नेपाल सरकारले गरेको निर्णयअनुसार त्रिविले चैत्र ७ गतेदेखि मसान्तसम्म वार्षिक कार्यक्रममा तय गरेका शैक्षिक कार्यक्रमहरु स्थगित गरेको हो ।

त्रिविले लिने भनिएको स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा तथा पठनपाठन र सेवा आयोगको अन्तर्वार्ता अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको त्रिविले जानकारी दियो ।

त्रिभुनव विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सबै कलेजमा पठनपाठन तथा स्नातक र स्नातकोत्तर तहको परीक्षा आजदेखि लागु हुने गरी स्थगित गरेको छ । 

इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परीक्षा तथा पठनपाठन स्थगित गरेको हो ।संस्थानले नेपाल सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरुको पठनपाठन र परीक्षा बन्द गर्न सूचना जारी गरेको हुनाले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका सम्पूर्ण कार्यक्रम् अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको इन्जिनियरिङ अध्ययन संस्थानका डीन रामचन्द्र सापकोटाले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books