After SEE Portal

त्रिविका सबै परीक्षा स्थगित

Bridge Course

त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेबाट सञ्चालन गर्न लागेको स्नातकोत्तर तहका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणालीका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए ।

उनले सेमेस्टर प्रणालीको परीक्षा पनि स्थगित गर्नका लागि आज अपरान्ह बैठक डाकिएको बताए ।

"एसईईदेखि सीटीभीटीसम्मका सबै परीक्षा स्थगित भए । हामीले मात्र यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु उपयुक्त देखिएन । त्यसैले परीक्षा स्थगित गर्नका लागि बैठक बस्दैछ" उनले भने । उनले यसको औपचारिक जानकारी अपरान्ह सूचनामार्फत दिइने बताए ।

A Levels MA
Thuprai - Books and E-books