After SEE Portal

त्रिविद्वारा छानविन समिति गठन

Bridge Course

बारम्बार अघिल्ला वर्षको प्रश्नपत्र सोधेर आफ्नो गरिमामा नै प्रश्न चिन्ह उठाउँदै आएको त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बारम्बार दोहोरिनुको कारण अध्ययन गर्न छानविन समिति गठन गरेको छ ।

त्रिविले उक्त विषयको छानविन गर्न प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्राडा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जानकारी दिए । रजिष्ट्रार प्राडा दाहालले छानविन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन भएको जानकारी दिए ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्र अघिल्लो वर्षको नै हुबहु देखिएपछि त्रिविले छानविन समिति गठन गरेको हो । 

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ । त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरवाहीका कारण त्रिविको परीक्षा प्रणालीमा नै प्रश्न उठ्दै आएको बुज्ञको बुझाइ छ ।

A Levels MA
Thuprai - Books and E-books