After SEE Portal

एक वर्ष पुग्न लाग्दा पनि त्रिविले नतिजा सार्वजनिक गरेन

Bridge Course

त्रिभुवन विश्वविद्यालयले २०७८ साउनमा सञ्चालन गरेको तीन वर्षे स्नातक तहको दोस्रो वर्षको परीक्षाको नतिजा अहिले सम्म सार्वजनिक गर्न सकेको छैन । त्रिविले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संकायको नतिजा सार्वजनिक गर्न सकेको छैन । त्रिविले एक वर्ष बित्दा पनि नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरूले आफू माथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । मानविकी संकाय, शिक्षा शास्त्र, विज्ञान शंकायको समयमा नतिजा नआएको पिडीत विद्यार्थीको गुनासो छ।

त्रिविले समयमा नतिजा प्रकाशिन गर्न नसक्दा विद्यार्थी मकामा परेका छन् । दोस्रो वर्षका विद्यार्थीले अहिले तेस्रो वर्ष पुरा गर्ने समय बितिसक्दा पनि दोस्रो वर्षको नतिजा कस्तो आउँछ भनेर पिरोलिनु परेको एक परीक्षार्थीले बताए । समयमै नतिजा सार्वजनिक भएको भए तेस्रो वर्षको नतिजा र दोस्रो वर्षको नतिजा एक साथ आउने तर अहिलेसम्म नतिजा सार्वजनिक हुन नसक्दा परीक्षार्थीको एक वर्ष खेर गएको ती विद्यार्थीले गुनासो गरे ।

तेस्रो वर्षको परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी अहिले दोस्रो वर्षको नतिजाले माथिल्लो कक्षामा प्रवेश पाउन ढिला हुने हो कि भन्ने चिन्ताले सताउने गरेको विद्यार्थीहरू बताउँछन् । समयमा त्रिविले नतिजा सार्वजनिक गर्न नसक्दा उच्च शिक्षाका लागि विदेश जाने तयारीमा बसेका, रोजगारीमा प्रवेश गर्न चाहने र स्वदेशशमा नै बसेर समयमै उच्च शिक्षा पुरा गर्ने पर्खाइमा बसेका विद्यार्थीलाई तनाव सिर्जना भएको बताउँछन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले तत्काल नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको जानकारी दियो । सामान्यतयाःपरीक्षा भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम छ । तर परीक्षा नियन्त्रण कार्यालयमा कर्मचरी अभाव र प्राविधिक गडबढीका कारण त्रिविले समयमा नतिजा सार्वजनिक गर्न नसकेको जनाएको छ । परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारीको दरबन्दी कायम छ। तर, १३७ जनाले काम गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्रिविले अंक चढाउन कम्प्युटर प्रणालीमा दक्ष जनशक्तीको अभाव हुँदा सकस भएको बताउँदै आएको छ।

कोभिड–१९ का कारण होम सेन्टरबाट परीक्षा लिँदा नतिजा निकाल्न ढिला भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । ‘धेरै ठाउँबाट परीक्षा सञ्चालन गर्दा उत्तरपुस्तिका संकलन गर्न समय लाग्यो, थोरै कर्मचारी छौं ।’ उनले भने, ‘यो हप्ताभित्र निकाल्ने प्रयास गरिरहेका छौं ।’

A Levels MA
Thuprai - Books and E-books