त्रिविको ताला एक गुटले खोल्यो अर्को गुटले पुनः लगायो

 त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघको एक समूहले पुनः ताला लगाएको छ । गत बिहीबार नेविसंघकै एक समूहले खोलेको ताला आज पुनः अर्को समूहले लगाएको हो ।

गत असार २७ गते देखि नेविसंले त्रिविको विभिन्न पदाधिकारी कार्यकक्षमा ताला बन्दी गरेको थियो ।  बिहीबार खोलिएको ताला पुनः अर्को समूहले लगाएको त्रवि सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दियो । 

बिना छलफल ताला खोलिएको आपत्ति जनाउँदै पुनः ताला लगाइएको   हस्ताक्षरको  सूचना टास गरी  अर्को गुटले ताला लगायोको त्रिविले जानकारी दियो । 

Thuprai - Books and E-books