After SEE Portal

त्रिविको बरेजु फस्र्यौटलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सार्वजनिक संस्थामा आर्थिक अनुसशान र पारदर्शितालाई अभिवृद्धी गरी प्रशासनिक समन्वय र सूचना प्रणालीमा सुदृढीकरण गर्दै विश्वविद्यालयका सम्पूर्ण निकायहरु सवल र सक्षम बनाउने र बेरुजुु फस्र्यौटलाई अभियानको रुपमा अघि वढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

त्रिविको आर्थिक प्रशासन महाशाखाले आर्थिक बर्ष २०७८।०७९ को बजेटलाई प्रभावकारी र अनुशासित बनाई अनलाइन माध्यामवाट बजेटको कार्यान्वयन गर्ने उद्देश्यले आज बजेट व्यवस्थापन अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेका हुन् ।

आर्थिक स्रोतहरुको पहिचान गरी प्राज्ञिक उन्नयन र अनुसन्धानका कार्यक्रमहरुलाई प्राथमिकता दिन आफू प्रयत्नशील रहेको र विश्वविद्यालयको पेन्सनमा समस्या समाधानका लागी नेपाल सरकारसँग निरन्तर पहल भइरहेको समेत उनले जानकारी दिए ।

विश्वविद्यालयको समग्र व्यवस्थापनको पक्ष कमजोर रहेको धारणा व्यक्त उनले मानवस्रोत व्यवस्थापनमा जोड दिनुपर्ने र भएका कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गरी जिम्मेवारी दिनुपर्नेमा बताए ।

विश्वविद्यालयको समग्र अभिलेख प्रणालीलाई मजबुत बनाउनुपर्ने र पदाधिकारी,शिक्षक र कर्मचारी सबै पक्षलाई आफ्नो दायित्व बहन गर्न आग्रह गरेका थिए ।

त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले आर्थिक प्रशासन महाशाखाले अनलाइन बजेट मार्फत प्रविधिमैत्री प्रशासनको औचित्य पुष्टि गरेको बताए । उनले बजेट मार्फत नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयन गर्न सम्वद्ध पक्षलाई अनुरोध गरेका थिए ।

त्रिविले बेरुजुफस्र्यौटमा उपलब्धी हासिल गरिरहेको बताउदै विश्वविद्यायका सम्पूर्ण गतिविधिहरुलाई प्रविधिमार्फत कार्यान्वयनमा लैजानुपर्ने धारणा व्यक्त गरेका थिए ।

त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले विश्वविद्यालयको बजेट विश्वसनीय,अनुशासित र प्रभावकारी बनाउन सम्बन्धित सवै पक्षको धारण समेटनका लागी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताए । उनले विश्वविद्यालको बजेटको ठूलो हिस्सा आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नु भएकोकोले आन्तरिक स्रोतलाई नलुकाउन र विना बजेट वा स्वीकृत खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सवै निकायहरुलाई अनुुरोध गरेका थियो । सम्बोधनका क्रममा उनले सरकारले अनुसन्धानका लागी बजेट उपलब्ध नगराएको उल्लेख गर्दै आन्तरिक स्रोतबाट प्राप्त रकमको केहि प्रतिशत अनुसन्धानमा छुट्याएर विश्वविद्यालयमा अनुसन्धानको कार्यलाई अघि वढाउनुपर्ने अवस्था रहेको समेत जानकारी गराए ।

योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा।डा ऋदिश कुमार पोखरेलले विश्वविद्यालयको बजेटलाई यथार्थपरक बनाउनुपर्ने चुुनौती रहेको जानकारी दिए ।

सम्वन्धन प्राप्त कलेजहरुले तिनुपर्ने सम्वन्धन शुल्क,सेवा शुल्क र नवीकरण शुल्क उठाउने विषयमा स्पष्ट नीति नरहेको कारण नियमित रुपमा शुल्क उठाउन कठिनाई भइरहेको भन्दै उनले क्याम्पसहरुले शुल्क कुन निकायलाई बुझाउने भन्ने नितिगत स्पष्टता समेत नभएको बताए ।

अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा शिबराज अधिकारीले बजेटलाई व्यवस्थित गर्न सम्पूूर्ण निकायहरुलाई बजेट निर्माणा सवल र सक्षम बनाउदै जानुपर्ने धारणा व्यक्त गरेका थिए । उनले विश्वविद्यालयका ऐन,नियम र कार्यविधिहरुमा समेत सुधार गर्दै प्राविधिक व्यवस्थापनको पक्षलाई प्राथमिकतामा राख्दै अघि वढनुपर्ने आवश्यकता रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ्ख अध्ययन संस्थाका डीन प्राडा शशिधर राम जोशी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा।डा विनिल अर्याल, बन विज्ञान अध्ययन संस्थानका डीन,प्राडा विर बहादुर खनाल (क्षेत्री), कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका डीन प्रा भार्गव धिताल,व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्मा, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा कुशुम शाक्य, शिक्षाशास्त्र संकायका डीन प्राडा चित्रबहादुर वुढाथोकी,कानुन संकायका डीन प्राडा विजयसिंह सिजापति,परिक्षा नियन्त्रण पुष्पराज जोशी लगायतले आ—आफनो धारणा व्यक्त गरेका थिए ।

A Levels MA
Thuprai - Books and E-books