त्रिविले पनि आइतबार विदा दिन मानेन

त्रिभुवन विश्वविद्यालयले नेपाल सरकारले परीक्षणको रूपमा आजदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सावर्जनिक बिदा दिने गरी निर्णय गरेको भए पनि तत्काललाई साबिक बमोजिमनै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने भएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालयले आज एक सूचना जारी गरी कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भएके हुँदा तत्काललाई दुई दिन बिदा दिन नमिल्ने जानकारी दिएको छ ।

त्रविले विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनगर्ने सूचनामा उल्लेख छ ।

राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) र भक्तपुर नगरपालिकाले आइतबार बिदा नदिने सार्वजनिक सूचना जारी गरिसहेका छन् ।

Thuprai - Books and E-books