After SEE Portal

त्रिविका शिक्षक कर्मचारी राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने

Bridge Course

त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले कुनै पनि  राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ ले गरेको व्यवस्था अनुसार कोही पनि उम्मेदवार बन्न नपाउने भएका हुन्। 

कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा स्थानीय तहको कुनै राजनैतिक निर्वाचनमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नुभन्दा १५ दिन पूर्व नै विश्वविद्यालय सेवाबाट राजिनामा गर्नु पर्नेछ भन्ने व्यवस्था नियमा रहेको छ । 

नियममा यस्तो व्यवस्था  हुँदा हुँदै विश्वविद्यालयमा कार्यरत केहि शिक्षक कर्मचारीहरु विगत केहि समय देखि विभिन्न राजनीतिक दलहरुको महाधिवेशनमा राजनीतिक दलको विधान बमोजिम विभिन्न पदमा निर्वाचनका लागि उम्मेदवारको रुपमा खडा हुने, महाधिवेशन वा विधान अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिएको समाचार प्रति त्रिविले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

त्रिविले सूचना जारी गरी विभिन्न पत्र पत्रिकाहरु र सामाजिक सञ्जालमा समेत समाचार प्रकाशित भएको समाचार  प्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको जनाएको हो ।

त्रिविले विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरु प्रचलित कानून अनुसार राष्ट्रसेवकको परिभाषा भित्र पर्ने भएकोले त्यसरी निर्वाचनमा वा महाधिवेशनमा वा विधान अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दल सम्बन्धी ऐनको विपरित हुने भएकोेले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुनु हुन सूचित गरेको छ । त्रिविले त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुन आएमा त्रिवि नियम अनुसार विभागीय कारवाहीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books