After SEE Portal

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको खेलाडी छनौट सम्वन्धि सूचना

Bridge Course

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय

खेलाडी छनौट सम्वन्धि सूचना 

राष्ट्रिय खेलकुद परिषदको तत्वाधानमा राष्ट्रिय विश्वविद्यालय संघको व्यवस्थापनमा मिति २०७६।३।२६ गते देखी आयोजना गर्ने प्रधानमन्त्री कप चौथो राष्ट्रिय विश्वविद्यालय स्तरिय खेलकुद प्रतियोगितामा टिम सहभागि गराउन तपसिलमा उल्लेखित खेलहरुको त्रि.वि. टिम तयार गर्न खुल्ला छनौट कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागि हुन इच्छुक त्रि.वि. का आंगिक तथा | सम्बन्धन प्राप्त क्याम्पसहरुका नियमित विद्यार्थीले आ-आफ्नो क्याम्पसको सिफारिस पत्र, विद्यार्थी परिचयपत्रको प्रतिलिपी सहित मिति २०७६ साल असार १९ गते भित्र यस निर्देशनालयमा नाम दर्ता गराउन यो सूचना प्रकाशित गरिएको छ । 

१. छनौट हुने खेलहरुको नाम

१. भलिवल (म./पु.)

२. व्याडमिन्टन (म./पु.)

३. टेवुल टेनिस (म./ पु.)

४. बास्केटबल (पुरुष)

५. फुटवल (पुरुष) 

६. चेस, 

७ दौड़ २०० मिटर र ४०० मिटर (म./ पु.)

सम्पर्क नम्बर कार्यालयः ४३३०४८७, ४३३०४८३, विदुर विष्ट - ९८४१३०७२००, सन्देश रेग्मी - ९८५१०४२६७७ 

२. खेलाडी छनौट कार्यक्रम : मिति २०७६ असार २० गते हुने (छनौट स्थल निर्देशनालयले तय गर्नेछ) 

३. उपत्यका बाहिरका क्यामपसका विद्यार्थीहरु छनौटमा भाग लिन आउदा फर्कदा र काठमाण्डौ बस्दा लाग्ने खर्च आफैले व्यहोर्नु पर्नेछ । टिममा छनौट भएमा नियमानुसार वसभाडा र दैनिक भत्ता क्याम्पसबाट दिइने छ । 


A Levels MA
Thuprai - Books and E-books