A Levels MA

त्रिविका सबै परीक्षा स्थगित

कोभिड–१९ को तेस्रो लहरका रूपमा फैलिएको ओमिक्रोन भेरियन्टका कारण त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।

त्रिविको आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्रिविको व्यवस्थापन संकायले आगामी शनिबार परीक्षा केन्द्र कायम गरी सिम्याटको परीक्षा सञ्चालन गर्ने भएको छ । अधिकाँश विद्यार्थीले कोभिड विरुद्धको भ्याक्सिन नलगाएकाले परीक्षा स्थगित गर्नुपर्ने माग राख्दै आएका थिए । सो संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले माघ ८ गते सिम्याटको परीक्षा सञ्चालन हुने जानकारी दिए ।

Thuprai - Books and E-books