After SEE Portal

त्रिवि वोर्ड वैठक: सभा, सम्मेलन नगर्न आग्रह

Bridge Course

त्रिभुवन विश्वविद्यालय वोर्डको वैठक भर्खरै सकिएको छ । वैठकले कोरोना भाइरस प्रभावलाई मध्यनजर गर्दै सभा सम्मेलन नगर्न मातहतका सबै निकायलाई आग्रह गरेको छ । परिक्षाको सन्दर्भमा ठोस निर्णय हुन सकेन ।

वैठक नियमित प्रकृया अन्तर्गत बसेको त्रिवी वोर्ड सदस्य एबम् शिक्षा शंकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले इडियूपत्रलाई वताए । उनले भने, ‘यो नियमित वैठक हो । कुनै निर्णय भएन । तर, क्याम्पसमा सभा, सम्मेलन नगर्न भनेर आग्रह गरेका छौं । ’

यो नियमित वैठक हो । कुनै निर्णय भएन । तर, क्याम्पसमा सभा, सम्मेलन नगर्न भनेर आग्रह गरेका छौं ।

त्रिवी वोर्ड सदस्य ,प्रा.डा. कृष्णप्रसाद गौतम

परिक्षाका सन्दर्भमा छलफल भएपनि आधिकारीक निर्णय भने केहि नभएको उनले बताए । कोरोना भाइरसको त्रासका कारण परीक्षामा बस्ने वातावरण नभएको भन्दै विद्यार्थीले परीक्षाा सार्न त्रिविका अधिकारीलाई दबाब दिदैं आएका छन् ।

त्रिविले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । यस्तै, चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको थियो ।

एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । २७ चैतदेखि स्नातक चौथो वर्षका परीक्षा सञ्चालनको तालिका तयार भएको पनिकाले जनाएको छ ।  

A Levels MA
Thuprai - Books and E-books