After SEE Portal

नेपालगञ्जमा फसेकालाई हुम्ला लगिदै

Bridge Course

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न देशभरमा लकडाउन भइरहेको बेला कर्णाली प्रदेश सरकारले नेपालगञ्जबाट ४० बालबालिकाको उद्धार गरेको छ । लकडाउन कै कारण हवाइ सेवा बन्द हुँदा ८० बालबालिका नेपालगञ्जमा रोकिएको अवस्थामा प्रदेश सरकारले हुम्ला आउन तयार भएकाहरुलाई गाडीबाट मुगु पुर्‍याउने व्यवस्था गरेको हो । 

नेपालगञ्जको गर्मी र कोरना भाइरसको त्रासमा बस्नुभन्दा जिल्लामा जानका लागि निकै रोइ कराइ गरेपछि कर्णाली प्रदेश सरकारले तीन वटा गाडीको व्यवस्था गरि आइतबार राती १० बजे मुगुसम्म उद्धारको व्यवस्था गरेको छ । गाडीमा मुगुतर्फ बालबालिकासँगै आउँदै गरेका खार्पुनाथ गाउँपासिका वडा नम्बर ४ का हर्कसिंह भण्डारीले गाडीमा ४० बालबालिका रहेको पुष्टि गरे ।

उद्धार गरिएकाहरु मङ्गलबार बिहानसम्म मुगुको गमगडी पुग्ने र त्यसपछि पैदल हुम्लामा आउने छन् । 

बालबालिकाले चैत ११ गते हुम्ला आउनका लागि निजी एयरलाइन्सहरुमा टिकट लिइसकेका थिए । लकडाउनले हवाइ यातायात बन्द भएपछि उनीहरु नेपालगञ्जमा रोकिएका थिए । हिँड्न नसक्ने सानासाना बालबालिका अझै नेपालगञ्जमै बसेका छन् । उनीहरु केही होटेल र केही आफन्तको घरमा बसेका छन् ।  

नेपालगञ्जबाट सुर्खेतमा ल्याएर बसाल्ने प्रयास गर्दा यात्रुहरुले नमानेपछि मुगुसम्म.गाडीमा पठाइएको हो । यसबीचमा हुम्ला उद्धारका लागि हवाइ जहाजको प्रयास प्रदेश सरकारले गर्न खोजे पनि सफल हुन नसकेपछि गाडीको व्यवस्था गरिएको हो । कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले नेपालगञ्जबाट उद्धार गरिएका सबैलाई सुर्खेतको क्वारेन्टाइनमा राख्ने प्रयास पनि गरेका थिए तर हुम्लाबासीले हामीलाई केही भएको छैन, जसरी पनि चाँडै जिल्ला पुग्ने भनी अड्डी लिएपछि उनीहरु सबै मुगुका लागि अगाडि बढ्न पाएका थिए । 

नेपालगञ्जबाट उद्धार गरिएका सबै बालबालिकाको बाटोमा स्थापना गरिएका हेल्थ डेस्कमा कडा निगरानीसहित चेकजाँच पनि गर्ने गरिएको छ । दैलेखमा प्रहरीले गुराँसेमा निकै बेर रोकेको पनि थियो । नेपालगञ्जबाट दैलेख प्रवेश गर्दासम्म धेरै स्थानमा चेकजाँच गरेर उद्धार गरिएका उनीहरु अपरान्ह ४ बजेसम्म गुँरासेमै थएि । 

A Levels MA