After SEE Portal

अङ्ग्रेजी विषय शिक्षणमा प्रविधिको प्रयोग सम्बन्धी तालिम सम्पन्न

Bridge Course

‘अङ्ग्रेजी विषयको शिक्षणमा प्रविधिको प्रयोग’ सम्बन्धी पाँच दिने अनलाइन शिक्षक तालिम हिजो सम्पन्न भएको छ । नेपाल इङ्लिस लेङ्ग्वेज टिचर एसोसिएसन (नेल्टा) प्युठान र रोल्पाको संयुक्त आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

अङ्ग्रेजी विषय शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको नेल्टा प्युठानले जानकारी दियो । सो तालिममा रोल्पा र प्युठानका ३० जना शिक्षकको सहभागिता रहेको नेल्टा प्युठानका सदस्य जयन्ता घिमिरेले जानकारी दिइन् ।

तालिममा सहभागी शिक्षकलाई नेल्टा केन्द्रीय सदस्य होमराज खड्का, दाङका उपाध्यक्ष तुल्सीराम डागी, बाँके उपाध्यक्ष तर्क बहादुर खत्री, जयन्ता घिमिरे र गोविन्द पाख्रेलले सहजीकरण गरेका थिए ।

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका समयमा सञ्चालन गरिएको उक्त तालिम प्रभावकारी र समय सान्दर्भिक भएको नेल्टा प्रदेश नं. पाँचका उपाध्यक्ष गोपाल प्रसाद बस्यालले बताए । ‘समयले नयाँ प्रयोगको माग गरिरहेको हुँदा यी र यस्ता खाले तालिम कोसे ढुङ्गा साबित हुनेछन् ।’ उनले भने, ‘अहिले शिक्षक विद्यार्थी सबै घरैभित्र बस्नु पर्ने अवस्था भएकाले गर्दा शिक्षक विद्यार्थीबिच सम्पर्क र समन्वय गर्ने सिप पनि यो तालिमले प्रदान गरेको छ ।’

A Levels MA