After SEE Portal

आज विश्व शिक्षक दिवस मनाइँदै

Bridge Course

आज विश्व शिक्षक दिवस मनाइँदैछ । हरेक अक्टुबर ५ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो । विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ ।विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।

यस वर्ष विश्व शिक्षक दिवसका लागि ‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।

शिक्षक दिवस भने फरक फरक मुलुकले फरक फरक दिनमा मनाउँदै आएका छन् । ती मुलुकले राष्ट्रिय शिक्षक दिवसका रूपमा मनाउने गर्दछन् ।

समाजमा शिक्षकलाई महत्वपूर्ण र अपरिहार्य अङ्गका रूपमा लिइन्छ । शिक्षकलाई राष्ट्र निर्माताका रूपमा पुकारिन्छ । समाजमा थुप्रै पेसा छन् तर शिक्षकमात्र त्यस्तो पेसा हो जो पवित्र र निःस्वार्थ छ । त्यसैले यो पेसा सम्मानित छ । अन्धकारबाट उज्यालो देखाउने भएकाले शिक्षक समाजमा सदा सम्मानित रहँदै आएका छन् ।

नेपालमा अझै पनि कक्षाकोठाभित्र विषयगत शिक्षक पुग्न सकेका छैनन् । शिक्षक सेवा आयोगले छनोट प्रक्रिया अगाडि बढाई नयाँ शिक्षक नियुक्तिको अन्तिम चरणमा पुगेको छ । अब केही समयमै नयाँ शिक्षक कक्षाकोठाभित्र प्रवेश गर्नेछन् । बडो उत्साहका साथ प्रवेश गर्ने शिक्षकबाट कक्षाकोठाभित्रको सिकाइ परिवर्तन हुने अपेक्षा गरिएको छ । शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ भन्ने नारा सार्थक हुने विश्वास गरिन्छ ।

 

A Levels MA
Thuprai - Books and E-books