A Levels MA

केन्द्रद्वारा ३६ प्रधानाध्यापकलाई अभिमुखिकरण तालिम प्रदान गर्ने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भैरहवा नमूना मावि, भैरहवा मा यही चैत्र २७ र २८ गतेले अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

केन्द्रले सम्वन्धित शिक्षा विकास तथा समन्वय इकाइलाई प्रतिनिधि पठाउन निर्देसन दिइसकेको छ । केन्द्रको आव ०७७–७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार केन्द्रबाट अनुदान अनुमति पाएका प्राविधिक धार सञ्चालन गर्ने विद्यालयका प्रधान प्रधानाध्यापकहरु सो कार्यक्रममा सहभागी गराइने निर्देशक सुरेश कुमार जोशीले जानकारी दिए ।

अभिमुखिकरणमा सहभागी हुने विद्यालयका प्रधानाध्यापकले विद्यालयगत रुपमा कक्षा ९–१२ मा प्राविधिक धार अध्ययनरत विद्यार्थी (छात्रछात्रा) र प्रशिक्षक सहायक प्रशिक्षक विवरण सहित सहभागीता जनाउनु पर्ने केन्द्रद्वारा आज प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

1242

Thuprai - Books and E-books