A Levels MA

माघ १५ सम्म विद्यालय बन्द हुने

प्रधानमन्त्री कार्यालयका  उच्च अधिकारीका अनुसार माघ १५ गतेसम्म देशै भरका विद्यालय बन्द गरिने भएको छ । विद्यालय कहिलेबाट बन्द हुने भन्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि ममन्त्रालयको सूचनाअनुसार हुने उनले जानकारी दिए । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेको हुनाले  विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को  आजको बैठकले विद्यालयहरू १५ दिन बन्द गरेर खोपको व्यवस्था गर्ने निर्णय  गरेको छ ।

आजको बैठकले उच्च सर्तकता अपनाउनका लागि मास्क नलागउनेलाई रू १०० जरिवाना, २५ जना भन्दा बढी भेला हुन नपाईने निर्णय गरेको छ ।

फोटोः सुप्रभात भण्डारीको फेसबुकबाट 

प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले तत्काललाई सुरक्षा सावधानी अपनाउन र कोभिडको बढदो संक्रमणलाई कम गर्न यस्तो छलफल भएको छलफलमा सहभागी अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका  उच्च अधिकारीका अनुसार माघ १५ गतेसम्म देशै भरका विद्यालय बन्द गरिने भएको छ । विद्यालय कहिलेबाट बन्द हुने भन्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि ममन्त्रालयको सूचनाअनुसार हुने उनले जानकारी दिए । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेको हुनाले  विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

Thuprai - Books and E-books