After SEE Portal

बारबर्दिया नगरपालिकाको बर्षे बिदाको जुक्ति

Bridge Course

बारबर्दिया नगरपालिकाले आफ्नो मातहतका सम्पूर्ण विद्यालयलाई असार २६ गतेदेखि साउन १३ गतेसम्म बर्षे बिदा दिएको छ ।

सो बिदाको अवधिमा विद्यालयको शिक्षणसिकाइ क्रियाकलाप बन्द रहे पनि विद्यार्थीलाई भने निरन्तर सिकाइमा सक्रिया हुने जुक्ति निकालेको छ ।

नगरपालिकाले बिदाको अवधिमा प्रत्येक विद्यार्थीलाई हरेक विषयको कम्तीमा दुईओटा परियोजना कार्य र घरमा परिवारलाई सहयोग गरेर प्रतिवेदन तयार गर्न लगाउन विद्यालयलाई निर्देशन दिएको हो ।

नगरपालिकाले एक सूचना जारी गरी शैक्षिक सत्र २०७९ मा भर्ना अभियान, स्थानीय तहको निर्वाचन, पाठ्यपुस्तकको अभाव तथा गर्मी बिदाका कारण विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएकाले यो वर्षे बिदा भरि विद्यार्थीलाई सिकाइमा नै सक्रिय गराउने भएको जानकारी दिएको छ ।

‘प्रत्येक विषयको कम्तिमा दुई दुई वटा परियोजना कार्य सम्पन्न गर्ने गरी विषय–कक्षा शिक्षकले व्यवस्थापन गर्ने र व्यक्तिगत फाईल समेत तयार गर्नु पर्ने छ’ ससूचनामा भनिएको छ, ‘परियोजना कार्य गर्दा अनिवार्य रुपमा परिवार र समुदायका व्यक्तिहरुसँग सम्पर्क गरी तयार गर्नुपर्ने भनिविद्यार्थीलाई निर्देशन दिने, बिदाको अवधिमा विद्यार्थीले घरपरिवारलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने र सो को विवरण सहितको प्रतिवेदन तयार गरी विद्यालयमा बुझाउनु पर्ने छ।’ ।

सबै विषय शिक्षकहरुले अनिवार्य रुपमा परियोजना कार्य उपलब्ध गराउनु पर्ने र सो को एक प्रति विवरण परियोजना फाईलमा जम्मा गर्नु पर्ने, श्रावण १५ गतेदेखि विद्यालय आउदा शिक्षक तथा विद्यार्थीहरुले अनिवार्य रुपमा विद्यालय पोशाकमा उपस्थित हुन निर्देश्न दिएको छ ।

‘सिकाइ जहाँसुकै जहिलेसुकै पनि हुन सक्छ भन्ने भावनालाई आत्मसाथ गर्दै प्रत्येक दिन नयाँकुरा सिकाईका लागि तयार हुने। विद्यालय खुल्नु ५ दिन अगावै अनिवार्यरुपमा विद्यालयमा सरसफाई लगायतका गतिविधि सञ्चालन गर्ने’ सूचनामा भनिएको छ, ‘शिक्षकहरुले यो बिदा अवधि भरी अनिवार्यरुपमा विद्यालयमा रहेको आइसीटीको प्रगोग गरी क्षमता विकास गर्ने र सोको कार्य सम्मन्न प्रतिबेदन शाखामा बुझाउनु पर्ने छ ।’

शिक्षकले शिक्षण सिकाई योजना अनिवार्यरुपमा निमार्ण गरी विद्यालय मार्फत शाखामा बुझाउने र विद्यालयले विद्यालय सुधार योजना निर्माण गरी साउन १५ गते भित्र अनिवार्य शाखामा बुझाउन समेत सूचनामार्फत निर्देशन दिएको छ ।

A Levels MA
Thuprai - Books and E-books