A Levels MA

त्रिविको ६३ औं वार्षिक दिवसका दिन पुरस्कृत हुन चाहनेले १५ दिन भित्र आवेदन दिनुपर्ने

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने भएको छ ।

विद्यार्थीहरुले विश्वविद्यालयले तोकेको मापदण्ड भित्र रहेर १५ दिनभित्रमा शोधपत्र व्याक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, लगायतका कागजात सहित आवेदन दिनु पर्ने त्रिविको शिक्षाध्यक्षको कार्यालयले आज प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

विद्यार्थीले निर्धारित समयमा सम्बन्धित डीन कार्यालयमा दिएको आवेदन डीन कार्यालयले ५ दिनभित्र समन्वय महाशाखामा सिफारिस सहित पठाउनु पर्ने, रीत नपुगी वा म्याद नाघेका आवेदन माथि कुनै कारबाही नहुने सूचनामा उल्लेख गरिएको छ ।

आवेदनसाथ प्राप्त शोधपत्रहरू मूल्यांकनपछि उत्कृष्ट ठहरिएकोलाई पुरस्कृत गरिने र अन्य शोधपत्रहरू फिर्ता गरिने छ । पुरस्कार सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार त्रिविमा सुरक्षित रहेको सूचनामा उल्लेख गरेको । ्र

त्रिविले कृष्णचन्द्र रेग्मी पुरस्कार एक् जनालाई प्रदान गर्ने छ । सो पुरस्कारका लागि विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र कानून संकाय अन्तर्गतका विद्याथीहरूले “नेपाल सम्बन्धी विषयमा शोधकार्य गरी स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने छ । सो पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई त्रिविले पाँच हजार रुपियाँ नगद प्रदान गर्ने छ । त्यस्तै, महेशचन्द्र मनदेवी रेग्मी पुरस्कार, पनि एक् जनालाई प्रदान गर्ने भएको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत “अर्थशास्त्र तथा इतिहास” विषयमा शोधकार्य तयार गरेकालाई यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी बीस हजार एक रुपियाँ रहेको छ ।

त्यस्तै, बाबुकृष्ण रिजाल पुरस्कार एक् जनालाई प्रदान गर्ने छ । मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत “नेपाली इतिहास, संस्कृति र पुरातत्वू विषयमाउत्कृष्ट शोधकार्य गरी प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तीर्णलाई यो पुरस्कार प्रदान गर्ने छ । यो पुरस्कारको राशी पच्चीस हजार एक रुपियाँ रहेको छ ।

त्यसैगरी बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार, २०७८ सालमा प्रदान गर्ने भनिएको बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार कोभिडको कारणले स्थघन भएको हुँदा उक्त पुरस्कार त्रिविको ६३ औं वार्षिक दिवसका दिन २०७८–२०७९ एकै पटक चार जनालाई प्रदान गरिने भएको छ ।

यो पुरस्कारका लागि मानविकी तथा सामाजिक शास्त्र संकायका आङ्गिक क्याम्पसबाट भाषा विज्ञान र पत्रकारिता विषयमा स्नातकोत्तर तहका विद्यार्थी भर्ना समूह २०७२–२०७४ को त्रिविबाट सञ्चालित नियमित अन्तिम परीक्षासम्म कुनै पनि विषय नलागी (हरेक खण्डको एकैपटक पूरा विषय) उत्तीर्ण गरी सर्वोत्कृष्ट अंक हासिल गरेका र २०७७ सालको दीक्षान्त कार्यक्रममा सहभागी वा हुन योग्य तथा ग्रेस लिष्टमा नामाङ्कन भएका विद्यार्थीले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । जनही पच्चिस हजार रुपियाँ प्रदान गरिँदै आएको छ । 

Thuprai - Books and E-books