राजनीतिक क्षेत्रमा शिक्षा सम्बन्धी चिन्तन कम हुने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सार्वजनिक शिक्षाको गुणस्तर सुधारबारे राजनीतिक क्षेत्रमा अत्यन्तै कम चिन्तन हुने गरेको बताएका छन् ।

पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका हीरक जयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।

सार्वजनिक र  निजी विद्यालयमा दिइने शिक्षामा देखिएको भिन्नताले भविष्यमा विकराल समस्या ल्याउने सक्ने चिन्ता व्यक्त गर्दै मन्त्री खनालले आफ्नो राजनीतिक यात्रा अघि १० वर्षदेखि दुर्गममा रहेका सार्वजनिक विद्यालय सुधारमा लागेको  बताए । मन्त्री खनालले भने ‘शिक्षा, स्वास्थ्य रोजगारीको क्षेत्रमा राजनीतिक वृत्तमा जति चर्चा गर्नुपर्दथ्यो । त्यो भएको छैन, अबको चिन्तन त्यतातर्फ केन्द्रित हुनेछ ।’

 कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रीता तिवारीले स्तरीय शिक्षा प्रदान गर्ने सरकारी अभियानमा आफूहरू सधैँ लागि रहने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

सो अवसरमा बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले  स्कुलका शिक्षक, विद्यालयका पूर्व प्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्व तथा वर्तमान पदाधिकारी र सदस्यहरू तथा विद्यालयका दाताहरूलाई सम्मान  गरेको थियो ।

Thuprai - Books and E-books