After SEE Portal

बन्द–घेराबन्दीका विच त्रिवि उपकुलपतिको कार्यकाल तीन दिन बाँकि

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपतिको एक कार्यकाल चार वर्ष वा १४६० दिनको हुन्छ । प्राडा धर्मकान्त बास्कोटा त्रिविको उपकुलपति भएको बिहीबार चारवर्ष पुरा हँदैछ । अब तीन दिन मात्र उनी उपकुलपतिका रुपमा यो कार्यकालमा रहन्छन् ।

यो चार वर्ष विभिन्न समूहको शक्ति प्रर्दशन केन्द्र, तालाबन्दी र हडतालको अड्डाका रुपमा इतिहासमा नाम लेखाउँदै पुरा हुँदै छ । अथवा त्रिविका वर्तमान उपकुलपति प्राडा बास्कोटाको कार्यलामा विभिन्न समूहले ३४३ दिन विश्वविद्यालयको शैक्षिक प्रशासनिक कार्य ठप्प पार्नेगरी तालाबन्दी तथा घेराबन्दीमा पारेका छन् । स्थापनाको साढे छ दशकपछि पछिल्लो समय त्रिवि पीडित संघर्ष समितिका नाममा त्रिविमा ताला लागिरहेको छ । उनीहरूले गत असार ७ गते उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा ताला लगाएको अझै खुलेको छैन ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री नेतृत्वका सरकारकै घटकका विद्यार्थी तथा विभिन्न समूहका शिक्षकले त्रिविलाई बन्दी बनाए । बनाइ रहे । अराजकता र विकृतिले गर्दा उनको कार्यकालभरि स्वच्छ रुपमा काम गर्न दिइन । सेवा आयोग नै एक वर्षसम्म नेतृत्व विहीन हुन पुयो । कर्मचारी नियुक्ति तथा वृत्ति विकासका सम्पूर्ण कार्य रोकियो । पछिल्लो समय नियोजित तरिकाले शिक्षक नियुक्तिका लागि अन्तर्वार्ताको दिन आउनै लाग्दा पुनः बन्दको शिकार हुनुपर्यो र अन्तर्वार्ताको कार्यक्रम स्थगित भयो ।

त्रिविमा उत्पन्न समस्या उपकुलपति एक्लैले मात्र समाधान गर्न नसक्ने भन्दै प्राडा बास्कोटाले बाम्बार अभिव्यक्ति दिइरहे । त्रिवि दलको चक्रव्यूहबाट माथि उठ्न सकेन । फलस्वरुप त्रिवि दलको शक्ति प्रदर्शनको अखडाबाट प्राज्ञिक थलोको रुपमा रुपान्तरित हुनै सकेन । तालामाथि ताला लागे त्रिविका केन्द्रीय ढोकामा । कहिले खुले पुनः वर्साको भेल जस्तै एकैछिन फेरि लागे ।

विश्वविद्यालयमा भएको राजनैनीतिक हस्तक्षेपको कारण देखाउँदै त्रिविले पनि दुईतीन वर्ष सम्म पनि नतिजा सार्वजनिक गर्न सकेन । कर्मचारी नियुक्त हुन सकेनन् । परीक्षामा धेरै अर्मयादित कार्य भए । धेरै विषयको परीक्षा सञ्चालनमा पनि समस्या देखियो फलस्वरुप त्रिविको स्तर खस्कियोे । विश्व र्याङ्किङमा पनि अघिल्लो वर्षभन्दा यो वर्षपछि धकेलियो ।

टाइम्स हाइएर एजुकेसनले गरेको स्तर मापन अनुसार २०२४ को लागि त्रिवि १२०१ देखि १५०० बिच परेको छ । उक्त संस्थाले त्रिविलाई गत वर्ष (२०२३ मा) को र्याङ्किमा ८०१ देखि १००० को बिचमा रहेको देखाएका थियो । त्रिवि एशियाका विश्वविद्यालयहरूबिच २५१ देखि ३०० स्तरमा रहेको देखाएको छ ।

राजनीतिक दलका भ्रातृ संगठनका विद्यार्थी तथा प्राध्यापक (आंशिक, करार सम्बद्ध) संगठनहरूले विभिन्न माग राखेर तालाबन्दी गरिरहे । यो क्रम अझै जारी छ ।

त्यो भन्दा चर्को सतही विवादको रुपमा देखा पर्यो इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) । आईओईले साउन २५ गते निर्णय गर्दै बीई, बीआर्क तहको शुल्क बढाएर ७ लाख ७५ हजार ७२० रुपियाँ बनाको भदौ ५ गते सूचना जारी गरी निर्णय सार्वजनिक गर्यो । विवाद चुलियो प्रवेश परीक्ष्ाँ प्रभावित भयो । त्यसको असर शैक्षिक क्यालेण्रमा पर्ने निश्चित छ । नयाँ शुल्क निर्णधरण भएपछि बल्ल हिजोदेखि स्नातक तहको प्रवेश परीक्षा सुरु भएको छ । यसमा पनि उपकुलपति निरीह देखिएको त्रिविका प्राध्यापकहरू बताउँछन ।

घेरा बन्दी, तालाबन्दी लगायतका कारणले चार वर्षमा त्रिविलाई थप २० वर्षभन्दा पछि धकेलेको शिक्षाविदहरू बताउँछन् । राजनैतिक दम्भका भरमा सही व्यक्तिले नेतृत्व नपाउँदा त्रिवि दिनप्रतिदिन ध्वस्त हुँदै गएको त्रिविका एक पदाधिकारीले बताए ।

त्रिविको विद्यमान कूल बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रुपियाँ रहेको छ भने आर्थिक वर्ष २०८०–८१ को बजेट रु। २६ अर्ब २४ करोड ९४ लाख ५५ हजारको रहेको छ । बजेटमा पछिल्लो समय अनुसन्धान शीर्षकमा केही बढी बजेट विनियोजन भएको छ ।

महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदन अनुसार बेरुजुको अवस्था रु।२८ अर्ब ६७ करोड १९ लाख ४९ हजार थियो । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा आइपुग्दा पूर्व बेरुजुमा रु।५ अर्ब घटेर २३ अर्ब ५७ करोड ३८ लाख ४८ हजार रुपियाँमा पुगेको त्रिविले जानकारी दियो ।

नेकपा एमालेको आशिर्वादले उपकुलपति बनेका प्राडा बास्कोटाले आफ्नो नेतृत्वमा धेरै समस्या उत्पन्न भएपछि दुई वर्षमा राजिनामा दिने तयारी गरेको भएपनि एमाले हाइकमाण्डको खबरदारीका कारण उनी निरीह बनेर पुरै कार्यकाल पदमा रहिरहको ती पदाधिकारीले बताए ।

 ‘विश्वविद्यालय राजनैतिक अड्डा बन्यो विभिन्न समूहको आक्रमण तथा शिक्षक माथि भौतिक आक्रमण भयो ।’ ती पदाधिकारीले भने, ‘बढ्दो अराजकता र विकृति रोक्न राज्यले भोलिको चिन्ता गर्छ भने अब मेरो होइन हाम्रो पदाधिकारी नियुक्तिका लागि बलिदान दिन सक्नुपर्छ ।’

A Levels MA