After SEE Portal

कृषि विश्वविद्यालयमा विद्यार्थी पनि छैनन्, भएका पनि टिक्दैनन्

Bridge Course

निजी र आंगिक क्याम्पस गरी विश्वविद्यालयले जम्मा ९३४ सिट वितरण गरेको छ । त्यसमा सरकार ५८४ ं र निजीलाई ३५० . सिट छ्ट्याएको छ ।  हाल सरकारी शिक्षण संस्थामा मात्र ३५० जना विद्यार्थीले नियमितता दिएका छन् ।  सरकारी शिक्षण संस्थातर्फ नै २३४ जनाको सिट खाली छ भने । निजी कलेजलाई दिइएको ३५० सिट रित्तै भएको छ । यस्तो भयाभह अवस्था सिर्जना हुँदा समेत विश्वविद्यालय सम्बन्धनका विषयमा पुर्नविचार गर्नुभन्दा पुनः एक पटक भर्ना आव्हान गर्ने सोचमा रहेको विश्वविद्यालय उच्च स्रोतले जानकारी दियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा विद्यार्थी टिकाउन मुस्किल परेको पाइएको छ । एकातिर विद्यार्थी अभाव छ भने अर्को तिर विश्वविद्यालयलाई विद्यार्थी टिकाउन नै मुस्किल परेको छ ।

शैक्षिक वर्ष २०७९–८० मा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भर्ना भएका विद्यार्थी पनि टिकेनन् भने सातओटा निजी शिक्षण संस्थामा विद्यार्थी नै भर्ना भएनन् ।  अहिले कुल सिट संख्याको  ३७.४७ प्रतिशत भन्दा कम विद्यार्थी मात्र नियमित छन् । नेपालमा ‘बिएससी एजी’ पढाइ हुने क्याम्पस १६ छन्। त्यसमा नौ सरकारी र सातवटा निजी क्याम्पस छन्। सबै क्याम्पसमा कोटा खाली छ। निजी क्यामपसमा विद्यार्थीको संख्या शून्य छ। सरकारी क्याम्पसमा पनि विद्यार्थीको संख्या न्यून छ।

शैक्षिक वर्ष २०७९–८० मा  केन्द्रीय क्याम्पस तथा आंगिकमा गरी ४२४ जना विद्यार्थी भर्ना भएका मध्ये अहिले नियमित ३५० जना मात्र रहेका छन् । विश्वविद्यालयले आंगिक क्याम्पस लागि कुल ५८४ सिट निर्धारण गरेको छ । भर्नाका समयमा १६० सिट मात्र खाली भएको आंगिक क्याम्पसमा पहिलो सेमेष्टरको परीक्षा सञ्चालन नहुँदै कुल २३४ सिट खाली भइसकेका छन् ।

निजी र आंगिक क्याम्पस गरी विश्वविद्यालयले जम्मा ९३४ सिट वितरण गरेको छ । त्यसमा सरकारी ५८४  र निजीलाई ३५० सिट छ्ट्याएको छ ।  हाल सरकारी शिक्षण संस्थामा मात्र ३५० जना विद्यार्थीले नियमितता दिएका छन् ।  सरकारी शिक्षण संस्थातर्फ नै २३४ जनाको सिट खाली छ भने निजी कलेजलाई दिइएको ३५० सिट रित्तै भएको छ । यस्तो भयाभह अवस्था सिर्जना हुँदा समेत विश्वविद्यालय सम्बन्धनका विषयमा पुर्नविचार गर्नुभन्दा पुनः एक पटक भर्ना आव्हान गर्ने सोचमा रहेको विश्वविद्यालय उच्च स्रोतले जानकारी दियो ।प्राविधिक धारको स्नातक जस्तो डिग्रीमा पनि ६ महिना भित्र भर्ना भएकै ७४ जना विद्यार्थी विचैमा हराइसकेका छन् ।

क्र.सं

शिक्षण संस्था

सिट

भर्ना भएका

हालको संख्या

केन्द्रीय क्याम्पस, रामपुर १६२ १६२ १२७
टिकापुर, कैलाली ५४ ३७ ३१
बर्दिवास ५४ २८ २२
खजुरा बाँके ४९ ३४ २९
रोल्पा ४९ २७ २१
 ६ पुरन्चौर ५४ ५२ ४८
सिन्धुली ५४ ४७ ४०
पाख्रिवास ५४ ३७ ३२
दुल्लु ५४
१० सुनसरीको इटहरी, झापाको गौरादह,  ललितपुरको चापागाउँ, सुर्खेतको वीरेन्द्रनगर, नवलपरासीको रामनगर, बाँकेको कोहलपुर, पूर्वी नवलपरासीको गैंडाकोट ३५०

विश्वविद्यालयको केन्द्रीय कृषि क्याम्पसमा अघिल्ला शैक्षिक वर्षमा विश्वविद्यालय अनुदान आयोगको लागत साझेदारीमा २१२ जना विद्यार्थीलाई अध्यापन गराउँदै आएको थियो । आयोगले लागत साझेदारीका ५० जनालाई अनुदान कटौति गरेपछि २०७९–८० मा १६२ जनाको सिट छ ।

शैक्षिक वर्ष २०७९–८० मा सो क्याम्पसमा १६२ जना नै भर्ना भएको भए पनि पहिलो सेमेष्टरको परीक्षा आवेदन भर्ने समयसम्म १२७ जना मात्र रहेका छन् । केन्द्रीय क्याम्पसबाट पहिलो सेमेष्टर पुरा नहुँदै ३५ जना विद्यार्थी हराएको कृषि संकायका प्रशासन अधिकृत सपना पौडेलले बताइन् ।

पौडेलका अनुसार कैलालीको टिकापुरका लागि ५४ जनाको सिट छ । सो क्याम्पसमा ३७ जना विद्यार्थी भर्ना भएको भए पनि अहिले नियमित भने ३१ जना मात्र आउने गरेका छन् ।

त्यसैगरी कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट बर्दिवासका लागि विश्वविद्यालयले ५४ जनाको सिट तोकेको छ । चालु शैक्षिक सत्रमा २८ जना विद्यार्थी भर्ना भएकोमा अहिले २२ जना मात्र नियमित कलेज आउने गरेका छन् ।

कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट खजुरा बाँके मा ४९ जनाको सिट छ । भर्नाको समयमा ३४ जना भए पनि अहिले नियमित भने २९ जना मात्र रहेका छन् ।

त्यस्तै माडी चौर रोल्पामा २७ जना भर्ना भएकोमा अहिले २१ जनाले मात्र परीक्षाका लागि आवेदन दिएका छन् ।

कास्कीको पुरन्चौरमा ५४ जनाको सिट छ । सो कलेजमा ५२ जना भर्ना भएका मध्ये अहिले सम्म ४८ जना मात्र विद्यार्थी टिकेका छन् ।

त्यस्तै, सिन्धुलीको कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्टमा ४७ जना भर्ना भएका मध्ये ४० जना मात्र नियमित रहेको उनले बताइन् ।

५४ ओटा सिट भएको कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट, पाख्रिवास, धनकुटामा मा यो शैक्षिक सत्रमा ३७ भर्ना भएपनि अहिले ३२ जना मात्र नियमित विद्यार्थी आउने गरेको उपप्रध्पापक तथा प्रमुख निरञ्जन भण्डारीले बताए ।

सो शिक्षण संस्थामा शैक्षिक सत्र २०७८–७९ मा ४८ जना, २०७७–७८ मा ५२ जना भर्ना भएका थिए । त्यसमा केही विद्यार्थी मात्र अन्यत्र गएको भए पनि अहिले पहिलो सेमेष्टरमा नै विद्यार्थी टिकाउने मुस्किल परेको भण्डारी बताउँछन् ।

विगतका वर्षमा कृषि पढेका विद्यार्थीलाई स्नातकको डिग्री हातमा हुने बितिकै रोजगारी पाउने अवस्था भएका कारण धेरै विद्यार्थी बीएस्सी एजी पढ्न रमाउने गरेको छर रोजगारीको अवसर गुमेसंगै ५० प्रतिशत विद्यार्थी उच्च शिक्षा र सुरक्षित भविष्यको खोजी गर्दै विदेशिने गरेका कारण विद्यार्थी टिकाउन मुस्किल भएको पाख्रिवासका प्रमुख भण्डारी बताउँछन् ।

भौतिक पूर्वाधारको विकास तथा नियमित कक्षा सञ्चालन हुन नसक्नु, परीक्षा सञ्चालनमा नियमितता नहुनु जस्ता विविध कारणले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पदानमा कठिनाइ भएको प्रमुख भण्डारी बताउँछन् । ‘विश्वविद्यालय सुधार गरेर विद्यार्थी र अभिभावकलाई आकर्षण गराउने खालको बनाउनुपर्छ, बन्द हड्ताल र समयमै पढाइ नसकिने परिपाटीको अन्त्य हुनुपर्छ,’ उनले भने।

कृषि विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा  पढ्न नपाउने विद्यार्थीको रोजाइमा त्रिभुवन विश्वविद्यालय तथा  घर पायकको अन्य विश्वविद्यालयको शिक्षण संस्था पर्ने गरेको प्रमुख भण्डार बताउँछन् ।

५४ सिट भएको दुल्लुमा एक जना पनि भर्ना भएनन्

 विश्वविद्यालयको आंगिक क्याम्पस दैलेखको दुल्लुमा ५४ सिट दिइएको छ । तर सो कलेजमा एक जना पनि विद्यार्थी भर्ना नै हुन सकेनन् ।

निजीमा पनि भर्ना भएनन्

त्यसैगरी निजी तर्फ सुनसरीको इटहरी, झापाको गौरादह,  ललितपुरको चापागाउँ, सुर्खेतको वीरेन्द्रनगर, नवलपरासीको रामनगर, बाँकेको कोहलपुर, पूर्वी नवलपरासीको गैंडाकोट गरी सात सम्बन्धन प्राप्त कलेजमा ३५० सिट  दिइएको छ । तर ती शिक्षण संस्थामा विद्यार्थी भर्ना हुन नै  चाहेनन् ।

A Levels MA