भर्ना लिन र परीक्षा सञ्चालन गर्न बाटाे खुला

नेपाल सरकारले आगामी भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

सरकारको यस निर्णयबाट कक्षा १२ तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा सञ्चालन गर्न बाटो खुला भएको छ । सरकारले अनुमति नदिएकै कारण परीक्षा सञ्चालन हुन सकेका छैनन् । सरकारको यस निर्णयबाट आगामी भदौबाट धमाधम परीक्षा सञ्चालन हुने देखिन्छ ।

यसैगरी कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना लिन सरकारले विद्यालयहरूलाई बाटाे खुला गरिदिएकाे छ ।

उनले अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था (विद्यालय, कलेज र ट्युसन सेन्टर) खोल्न नपाउने जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १५ सम्ममा शिक्षकलाई विद्यालयसम्म पुर्‍याउने र भदौ १ गतेबाट विद्यालय सञ्चालन गर्ने गरी काम अगाडि बढाउन कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसमक्ष प्रस्ताव लगेको छ । 

Thuprai - Books and E-books