After SEE Portal

उपकुलपति कप, बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता माघ ७ गतेदेखि सञ्चालन हुने

Bridge Course

त्रिभुवन विश्वविद्यालय  शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले माघ ७ गतेदेखि माघ ११ गतेसम्म उपकुलपति कप, बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

सो प्रतियोगितामा निर्देशनालयले भलिवल , बास्केटवल, टेवल टेनिस, व्याडमिन्टन, एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको हो ।

भलिवल प्रतियोगिता जावलाखेल भलिवल प्रशिक्षण केन्द्र, जावलाखेल विहान ११ बजेदेखि उद्घाटन पछि भलिवल खेल सोही स्थानमा सञ्चालन गर्ने भएको छ ।

बास्केटवल प्रतियोगिता भने कीर्तिपुर नगरपालिकाको कभर्डहल, नयाँबजार, समय दिउँसो १ बजेदेखि सञ्चालन गर्ने छ । भने,  टेवल टेनिस प्रतियोगिता त्रिवि खेल विज्ञान भवन पुरानो विद्यार्थी क्लव, त्रिवि सेवा  आयोग अगाडि सञ्चालन गर्ने भएको छ ।

व्याडमिन्टन प्रतियोगिता त्रिवि, स्मृतिभवनमा  समय दिउँसो  एक बजे देखि  र  एथलेटिक्स प्रतियोगिता दशरथ रङ्गशालामा माघ १० गते विहान ८ बजेदेखि सञ्चालन गर्ने भएको छ ।

उद्घाटन सत्रमा खेलाडीहरुले  मार्च पास समेत गर्ने भएका छन् ।

A Levels MA