Bachelors Portal

त्रिविले आवश्यकताभन्दा कम  र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले आवश्यकता भन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने भएको छ ।

तोकिएको समयभन्दा बढी परीक्षा लिएको र कम समयमा मा भर्ना नभई पछि भर्ना भएर एकैपटक एक भन्दा बढी सेमेष्टरको परीक्षा दिएका प्रमाणपत्रलाई समकक्षता नदिने भएको हो ।

केन्द्रले ४ वर्ष ८ सेमेष्टरको कोर्ष ३.वर्ष पाँच महिना वा सो भन्दा कम अवधिमा उपाधि प्रदान गरेको, एकै वर्षमा ३ वा सो भन्दा बढी नियमित सेमेष्टर परीक्षा लिएको समेत भेटिएकाले त्यस्ता उपाधिको समकक्षता नदिने भएको छ ।

Thuprai - Books and E-books