After SEE Portal

त्रिविले एक विद्यार्थीलाई तीन पदक प्रदान गर्ने

Bridge Course

त्रिवि परीक्षा नियन्त्रण कार्यालय पनिकाले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने ४९ औं दीक्षान्त समारोहमा प्रदान गर्ने पदक एक विद्यार्थीले तीन ओटा हात पारेका हुन् । 

स्नातकोत्तर तहतर्फ चार जना उत्कृष्ट विद्यार्थीले दुईरदुई र स्नातक तहतर्फ एक जना उत्कृष्ट विद्यार्थीले दुई पदक तथा पुरस्कार पाएका छन् ।

कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार समारोहमा एक विद्यार्थीले तीन पदक तथा पुरस्कार प्राप्त  गरेका छन् । मानविकी सङ्काय स्नातकोत्तर तहतर्फ अर्थशास्त्र विषयमा सर्वप्रथम हुने कपिल पौडेलले तीन पदक तथा पुरस्कार पाएका छन् ।

विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अर्थशास्त्र केन्द्रीय विभागका पौडेलले ३ दशमलव ७७ सिजिपीए ल्याउँदै तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाएका छन् ।

यस्तै स्नातकोत्तर तह अङ्गे्रजी साहित्यमा ३ दशमलव ८५ सिजिपिए ल्याउँदै सारा मर्हजनले पनि दीक्षान्त पदक र पुरस्कार दुई पदक पाएको छ । उनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्ण पदक पाएका छन् ।

यस्तै बालकुमारी कलेज चितवनकी ममता सापकोटाले पनि दुई पदक पाएका छन् । व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह ९एमविएस०मा ३ दशमलव ८७ सिजिपिए ल्याउँदै उनले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाएका छन् ।

यसैगरी विश्वविद्यालय क्याम्पस कीर्तिपुरकी शिक्षा शास्त्र सङ्कायकी शर्मिला रिजाल र सोही क्याम्पसका मानविकी सङ्काय राजनीति शास्त्रका अभिनव आचार्यले पनि दुई÷दुई वटा पुरस्कार पाएका छन् ।

एमएडमा गणित विषय लिई सर्वप्रथम हुनुभएका रिजालले हिमांशु दाहाल स्मृति नगर पुरस्कार र शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार पाउनुभएको हो । यस्तै एमए राजनीतिशास्त्र विषयमा सर्वप्रथम हुनुभएका आचार्यले ललितचन्द पुरस्कार र वडाकाजी मरिचमानसिंह पदक पाएका छन् ।

भाइस च्यान्सलर पदक गैरेलाई

यसैगरी २०७८ सालको स्नातक तहतर्फको  सात वटा दीक्षान्त पदक र पुरस्कारमध्ये दुईवटा पुरस्कार एकै जनाले पाएका छन् । स्नातक तहको भाइस च्यान्सलर पदक यसपटक स्नातक तहमा सर्वोकृष्ट अङ्क ल्याउने पक्लिहवा क्याम्पस पक्लिहवा भैरहवाकी अस्मिता गैरेले पाएका छन् । उनले ८८ दशमलव २२ प्रतिशत अङ्क ल्याएका छन् । भाइस च्यान्सलर पदक एक तोला सुन र प्रमाणपत्र हुने गर्दछ ।

मानविकी सङ्कायअन्तर्गत स्नातक तहमा सर्वप्रथम भएका हेराल्ड इन्टरनेशनल कलेज वसुन्धराकी अस्मिता घिमिरेले पिपल्स क्याम्पस तीर्थरत्न बज्राचार्य पदक र ज्ञानप्रसाद पुरस्कार पाएका छन् । त्रिविले दीक्षान्त समारोहमा एमफिलतर्फ एक वटा, स्नातकोत्तर तहमा १९ वटा र स्नातक तहतर्फ सात वटा पदक तथा पुरस्कार वितरण गर्न थालेको हो ।

कुलपति पदक’ वितरण नगर्ने

यस्तै त्रिविले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणालीअनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्टाउन नसकिएकाले प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको कुलपति पदक वितरण नगर्ने जानकारी दिए ।

कुलपति पदक नौवटै सङ्कायमा सबभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइरहेको थियो । कुलपति पदक तीन तोला सुन र प्रमाणपत्र हुने गर्दथ्यो । ४९ औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा आगामी पुस २ गते हुने भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए।

A Levels MA
Thuprai - Books and E-books