After SEE Portal

४९औँ दीक्षान्त समारोहमा पुरस्कृत हुने विद्यार्थीको नामावली सार्वजनिक

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ ।

आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित हो ।

साथै उक्त नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मङ्सिर २९ गतेभित्र स–प्रमाण सहित परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क राखी दाबी विरोध गरिसक्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

त्रिविले हरेक वर्ष प्रदान गर्दै आएको ‘कुलपति पदक’ भने यो वर्ष वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने निर्णय त्रिविले यस अघि नै गरिसकेको छ ।

A Levels MA
Thuprai - Books and E-books