After SEE Portal

विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाइनु पर्नेः शिक्षा मन्त्री

Bridge Course

विश्वविद्यालयलाई राजनैतिक महत्वकांक्षा पुरा गर्ने थलोको रुपमा नभइ प्राज्ञिक उन्नय गर्ने, अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

नेपाल प्राध्यापकसंघको प्रमाणपत्र वितरण, कार्यभार हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्राध्यापकहरूले आफ्नो हक अधिकारका साथै गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए । ‘विश्वका विकसित देशहरूमा प्राध्यापकहरूको उल्लेखनीय योगदान छ’ मन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीको नेतृत्वमा अघि बढेको सम्वृद्ध नेपाल सुखी नेपाली निर्माणको अभियानमा प्राध्यापकहरूले विशेष भूमिका खेल्नु हुने अपेक्षा गरेको छु ।’

नेपाल बहु विश्वविद्यालयको अवधारमा गएको हुनाले विश्वविद्यालयहरूले आफ्नो छुटै औचित्य ठिक ढंगले पुष्टि गर्न नसकेको अवस्थामा प्राध्यापकहरूले विशिस्टिकृत भूमिका खेल्नु पर्छ । प्राध्यापकहरूले ज्ञान हस्तान्तरणभन्दा पनि ज्ञाननिर्माणमा ध्यान दिनुपर्नेमा मन्त्री पोखरेलले जोड दिए ।

शिक्षा नीतिका आधारमा मन्त्री परिषद्मा सैद्धान्तिक सहमतीका लागि उच्च शिक्षा सम्बन्धी विधेयक, प्राविधिक र व्यावसायिक शिक्षा सम्बन्धी विधेयक र अन्य शिक्षालाई समेट्ने गरी विधेयक लगिएको मन्त्री पोखरेलले बताए । नेपाललाई शिक्षाको महत्वपूर्ण हबका रुपमा विकास गर्ने गरी शिक्षा नीति आएको हुनाले बदलिदो परिवेशमा प्राध्यापकको भूमिका पनि बदलिनु पर्ने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले विश्वविद्यालय भनेको ज्ञानको, सीपको, बुद्धिको, नवीनताको र अनुसन्धानको केन्द्रका रुपमा विकास गर्दै प्राध्यापकहरूले आफ्ना हक अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

संघका पूर्व कार्यकारी समितिका सदस्य सचिव दिनानाथ दङ्गालले विधानसम्मत आफ्ना सम्पूर्ण कार्य अघि बढाउँदै त्रिवि परिसर भित्रको प्राध्यापकहरूको आवास गृह व्यवस्थापनमा नवनिर्वाचित कार्य समितिले ध्यान दिनु पर्ने बताए ।

उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो कार्यक्रममा संघका पूर्व पदाधिकारी तथा पूर्व ४३ जना प्राध्यापकहरूलाई संघले प्रमाणपत्र र दोसल्ला चढाइ सम्मान गरेको थियो ।

नेपाल प्राध्यापक संघको १६ औं महाधिवेशन गत असार २१ उद्घाटन गरिएको थियो । उक्त महाधिवेशनमा प्राडा बुद्धबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । भने अन्य सदस्यहरू निर्वाचन समितिद्वारा निर्वाचित गरिएको महाधिवेशनको निर्वाचन आयोगले जानकारी दियो । निर्वाचन समितिले अन्य २० जना सदस्यलाई निर्वाचनद्वारा छनौट गरेको हो । भने सुदुर पश्चिमाञ्चल विश्वविद्यालय, पब्लिक क्याम्पस, राजर्षि जनक विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्राध्यापक संघका अध्यक्ष पदेना सदस्यका रुपमा निर्वाचित भएको जानकारी दियो ।

आयोगले गत कार्तिक ३० गते नै निर्वाचन परिणाम सार्वजनिक गरेको भए पनि प्राविधिक कठिनाइका कारण आज मात्र कार्यभार हस्तान्तरण गरिएको पूर्व सचिव दङ्गालले बताए ।

A Levels MA
Thuprai - Books and E-books