After SEE Portal

त्रिवि केन्द्रीय पुस्तकालय २४ सैं घण्टा खुल्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा अबदेखि २४ सै घण्टा पढ्न पाइने भएकोछ ।

 त्रिवि कार्यकारी परिषदले  केन्द्रीय पुस्तकालयको –एनेक्स अध्ययन कक्ष पुस्तकालय कार्डको व्यवस्था गरी सातै दिन  २४ सै घण्टा खुला गर्ने  निर्णय गरेको हो ।

परिषद्को शुक्रबर बसेको बैठकले केन्द्रीय पुस्तकालय कार्यालय समयभन्दा अगाडि र पछाडि गरी थप ६ घण्टा बढी पुस्तकालय कार्ड अनिवार्य गरी अध्ययनको लागि खुला गर्ने निर्णय गरेको छ ।

अनुसन्धानकर्ता, कर्मचारी, त्रिविका नियमित विद्यार्थी, प्राध्यापकहरुको हकमा नियमित कार्यालय समय जस्तै शनिबार (सार्वजनिक बिदाको दिन बाहेक)  पुस्तकालय अध्ययनका लागि खुला रहने छ ।

 

A Levels MA